दंगीशरण साउन २४ ।नेपाल महिला संघ दाङले दंगीशरणमा प्रजनन स्वास्थ्य सचेतना कार्यक्रम गरेको छ ।
नेपाल महिला संघ दाङले ७७ औं स्थापना दिवसको अवसरपारी स्वास्थ्य सम्बन्धि सचेतना कार्यक्रम दंगीशरण गाउँपालिकाको सभाहलमा बिहीबार गरेको हो ।
महिलाहरुको प्रजनन स्वास्थ्य सम्बन्धि देखिने हरेक समस्याका वारेमा ग्रामिण भेगका महिलाहरुमा सचेतनाको माध्यमबाट जानकार गराउन जिल्ला स्तरको कार्यक्रम आयोजना गरिएको दंगीशरण गाउँपालिका उपाध्यक्ष पीमा वली खड्काले बताइन ।
कार्यक्रममा बोल्ने बक्ताहरुले महिलाहरुको हक र अधिकारको संरक्षणका लागि महिलाहरु स्वएंम जागरुक हुन आवस्यक रहेको बताएका थिए ।
नेपाल महिला संघ दाङकी अध्यक्ष गोमा रावतको अध्यक्षता नेपाली काँग्रेस दाङका पूर्व जिल्ला सभापति घनश्याम रेग्मिको प्रमुख आथित्यता र काँग्रेस नेता केशव आचार्यको बिशिष्ट आथित्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा संगठनको सुदृढीकरणमा योगदान पु¥याएको भन्दै पार्वती कँडेललाई सम्मान गरिएको थियो ।