२०८१ असोज ४ गते शुक्रवार

स्कूल बसको ठक्करबाट बाख्रो चराउन गएका युवकसहित १२ बाख्राको मृत्यु


दाङ, साउन २४ । बाँकेमा स्कूल बसको ठक्करबाट एक जना युवकको मृत्यु भएको छ । साथै एक जर्दन खसी बाख्रापनि बसको ठक्करबाट मरेका छन् ।

बाँकेको राप्ती सोनारी गाउँपालिका – ९ का २६ बर्षीय गोबिन्द वलीको बसको ठक्करबाट घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले फरककोणलाई बताए ।

बाँकेको कोहलपुरबाट ढकेरी तर्फ जाँदै गरेको ना ४ ख ४५७० नम्बरको स्कुल बसले ढकेरी पुल नजिकै बाख्रो ग्वाला गएका वलीका साथै बाख्रालाई ठक्कर दिएको थियो । बसको ठक्करबाट वलीका साथै १२ वटा खसी बाख्राको पनि मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । थप अरु केही खसी बाख्रा घाइते भएका छन् ।

ठक्कर दिने बस कोहलपुर नगरपालिका – १२ स्थित ज्ञान कुञ्ज बोर्डिङ स्कूलको हो ।
घटना पछि आक्रोसित स्थानीयले पूर्व पश्चिम राजमार्ग अवरुद्ध पारेका छन् । यो खबर तयार पार्दासम्म शब बाटोमै राखेर स्थानीयले सडक खण्ड अवरुद्ध पारेका छन्

। पूर्व पश्चिम राजमार्ग स्थानीयले अवरुद्ध पारेको हुँदा डाइभर्सन गरि सवारी संचालन गरिएको छ ।

बसका चालक फरार रहेका छन् । उनको खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८१ साउन २४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *