तुलसीपुर, साउन २४ । नेपाली कांग्रेस लुम्बिनी प्रदेशसका प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले पदबाट राजीनामा दिएका छन ।
बर्दियाबाट प्रतिनिनिधत्व गर्ने उनले साउन २१ गते नै प्रमुख सचेतकबाट राजिनामा दिएको फरककोणलाई बताए ।
‘ मैले मेरै ब्यबस्ताले गर्दा राजीनामा दिएको हुँ,’ उनले भने ‘ जनप्रतिनिधि भइ सकेपछि मैले अब मेरै ठाउँका मतदाताका लागि काम गर्नु पर्छ भन्ने लाग्छ ।’
प्रमुख सचेतक पदबाट राजीनामा बुझाएका उनले आँफुले त्यो हैसियतमा प्रयोग गर्दै आएको लु १ झ १३०५ नम्बरको गाडीसमेत सोही दिन प्रदेशसभालाई फिर्ता गरि दिएका छन् ।
साउन ९ गते कांग्रेसको तर्फबाट पार्टीको नेतृत्व गर्दै तिमिल्सिनाले नेतृत्व गर्ने चर्चाहरु चलेपनि अन्तिममा उनी मन्त्री हुनबाट बञ्चित गराइएका थिए । हालसम्म पार्टीको तर्फबाट नेतृत्व बाँकेबाट प्रतिनिधित्व गर्ने बादशाह कुर्मीले गर्दै आइ रहेका छन् ।
उनी माथि ब्यक्ति अपहरण तथा हत्या जस्तो मुद्दाका आरोपित हुन ।
साउन ९ गते एमालेका चेतनारायण आचार्यको नेतृत्वको सरकारमा काँग्रेसका पाँच जना मन्त्री हुने भनिएको थियो । तर, अन्तिममा तिमिल्सिनाको नाम हटाइएपछि उनी रुष्ट थिए ।
तिमिल्सिना पार्टी भित्र सस्थापन पक्षधर मानिन्छन् । केही दिन पहिले तिमिल्सिनाले आँफुले विश्वास गरेका र आँफुले मान्ने नेताहरुले नै आँफुलाई घात गरेको प्रतिक्रिया दिएका थिए ।
‘ मलाई मन्त्री बनाउने भनेर जस्ले हल्लाहरु गरे उनीहरु नै मलाई मन्त्री नबनाउने षडेन्त्रमा लागेको साँचो हो,’ उनले भनेका थिए ।
२०७९ फागुन १३ गते तिमिल्सिनालाई प्रमुख सचेतकमा नियुक्ति गरिएका थिए ।