२०८१ भाद्र २३ गते आइतवार

रुपन्देही जिल्ला प्रशासन देशकै उत्कृट

बुटवल,साउन २४ । जिल्ला प्रशासन कार्यालय रुपन्देही देशभरिकै जिल्ला प्रशासन कार्यालयहरुमा कार्यसम्पादनमा उत्कृष्ट भएको छ ।

गृहमन्त्रालय र जिल्ला प्रशासन कार्यालय रुपन्देहीबीच भएको कार्यसम्पादन सम्झौतामा ९८ अंक प्राप्त गर्दै रुपन्देही सर्वोत्कृष्ट भएको हो । त्यस्तै धनुषा जिल्ला ७६ दशमलव २५ अंक सहित अन्तिममा परेको छ ।

गृह मन्त्रालय र ७७ वटै जिल्ला प्रशासन कार्यालयहरुले आर्थिक वर्ष शुरुवातसँगै कार्य सम्पादन सम्झौता गर्ने गर्दछन् ।

शान्ति सुरक्षा तथा अपराध नियन्त्रण, शासकीय प्रबन्ध, विपत जोखिम न्यूनीकरण तथा व्यवस्थापन, मुआव्जा वितरण तथा विकास सहजीकरण र पाँच अंक मन्त्रालयको मूल्यांकन रहेको ६६ वटा सूचकहरुमा १०० पूर्णाङ्क राखिएको हुन्छ ।

यसमध्ये जिल्ला प्रशासन कार्यालय रुपन्देहीले ९८ अंक प्राप्त गरेको सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले जानकारी दिए ।

कार्यसम्पादनमा ५७ जिल्ला प्रशासन कार्यालयले ९० भन्दा बढी अंक ल्याएका छन् । त्यस्तै ९७ दशमलव .पाँ‘च अंक ल्याएर पाल्पा जिल्ला प्रशासन कार्यालय दोस्रो, ९७ दशमलव ६ अंक प्राप्त गरी बागलुङ जिल्ला प्रशासन कार्यालय तेस्रो आएको छ ।

यस्तै चौथोमा पश्चिम रुकुम ९७ दशमलव .५ अंक, ९७ दशमलव ३ समान अंकसहित मकवानपुर र पर्वत, क्रमश पाँचौं र छैठांैमा गुल्मी ९७ अंक सातौंमा तेह्रथुमले ९६ दशमलव ८, आठांैमा रोल्पाले ९६ दशमलव ७५, नवौंमा सोलुखुम्बु ९६ दशमलव ५ अंक र ९६ दशमलव ४ अंक ल्याएर १० औं नम्बरभित्र जिल्ला प्रशासन कार्यालय डडेलधुरा पर्न सफल भएको छ ।

जिल्ला प्रशासन कार्यालय रुपन्देही उत्कृष्ट हुनुमा भने यहाँका स्थानीयहरुले यसको श्रेय प्रमुख जिल्ला अधिकारी र उनको टिमलाई दिएका छन् ।

प्रकाशित मिति : २०८१ साउन २४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *