२०८१ भाद्र २३ गते आइतवार

चोरीलाई नियन्त्रण गर्न दुधरासमा बजार ब्यबस्थापन सुरक्षा उपसमिति गठन


बिजौरी,साउन २२ । बिजौरी उद्योग बाणिज्य सघले दुधरासमा बजार ब्यबस्थापन सुरक्षा उपसमिति गठन गरेको छ ।

दुधरास क्षेत्रमा हुने चोरीका घटना,बजार अनुगमन,सरसफाइ ,ब्यबसायीका गुनासा र हकहितका लागि सघले सो क्षेत्रमा बजार ब्यबस्थापन सुरक्षा उपसमिति गठन गरेको हो ।


उपसमितिका सयोजक मनोजजग राणाकाे सयोजकत्वमा ७ सदस्यीय उपसमिति गठन गरिएको बिजौरी उद्योग बाणिज्य सघका महासचिव दीपक कुमार बस्नेतले जानकारी दिए ।

त्यस्तै उपसमितिको सचिबमा सन्तोष अधिकारी,कोषाध्यक्षमा कमल डागी र सदस्यहरुमा जित बहादुर कार्की,लाल बहादुर रेग्मी,त्रिलोचन राणा,कृष्ण लामिछाने रहेका छन ।


उक्त उपसमिती गठन गरेपछि सो क्षेत्रमा चोरी सगै अपराधिक गतिविधि कम हुने भन्दै स्थानीयहरु खुसी भएका छन ।


बिजौरी उद्योग बाणिज्य सघका अध्यक्ष रेश्मीराज खडकाको अध्यक्षतामा भएको कार्यक्रममा पुर्ब अध्यक्ष मुकेश वली,पुर्ब महासचिव बिरेन्द्र खडका लगाएत ब्यबसायीहरुको उपस्थित थियो ।

प्रकाशित मिति : २०८१ साउन २२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *