२०८१ भाद्र २३ गते आइतवार

डेरी व्यवसायीद्वारा राहत प्रदान


घोराही,साउन २१ । डेरी व्यवसायी संघ दाङले पीडित दुईजना डेरी व्यवसायीलाई राहत प्रदान गरेको छ ।

घोराही उपमहानगरपालिका वडा नं. १५ मा रहेको अम्विकेश्वरी डेरीका संचालक इश्वरी प्रसाद रिजाललाई १० हजार रुपैया र पन्त डेरीका संचालक गोमा पन्तलाई १९ हजार पाँच सय रुपैया प्रदान गरिएको हो ।


डेरी व्यवसायी संघ दाङका अध्यक्ष मन बहादुर बुढाथोकीको अध्यक्षतमा भएको कार्यक्रममा नेपाल डेरी एशोसियसन लुम्विनी प्रदेशका पूर्व उपाध्यक्ष खेमराज घिमिरे लगायतले राहत प्रदान गरेका थिए ।

अम्विकेश्वरी डेरीमा भएको आगलागीमा राहत स्वरुप र पन्त डेरीका संचालक क्यान्सर पीडित भएकाले रकम प्रदान गरिएको सचिव शक्ति पौडेलले जानकारी दिए ।


सोही कार्यक्रममा डेरी व्यवसायीहरुले ‘गुणस्तरिय दूध उत्पादन तथा होम डेलिभरी व्यवस्थापन’ विषयमा छलफल समेत गरेका थिए । कार्यक्रममा विमल पोख्रेल, दलबहादुर बस्नेत, पिमलाल पोख्रेल, विष्णु पौडेल, घनश्याम पौडेल, कुलप्रसाद पौडेल, प्रकाश रजौरे, माधव शर्मा, नोम बहादुर केसी लगायतले बोलेका थिए ।

कार्यक्रममा बोल्नेहरुले दूधको गुणस्तर कायम गर्नुपर्नेमा जोड दिंदै होम डेलिभरी गर्दा समय र इन्धनको खर्च भइरहेकाले पसलबाटै विक्रिदर बढाउनुपर्ने बताएका थिए ।


सोही क्रममा होम डेलीभरी व्यवस्थापन गर्नका लागि स्थानीय सरोकारवालासंग समन्वय बढाउने निर्णय गरिएको थियो । जसका लागि संघका अध्यक्ष मनबहादुर बुढाथोकीको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरिएको छ । कार्यक्रमको संचालन डेरी व्यवसायी संघ दाङका सचिव शक्ति पौडेललले गरेका थिए ।

प्रकाशित मिति : २०८१ साउन २१ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *