२०८१ भाद्र २३ गते आइतवार

दाङमा मलाई सबै भन्दा ‘पानी’ मन प¥यो – डिएसपी पोख्रेल

तुलसीपुर , साउन २१ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुरप्रशाद पोख्रेलले आँफुलाई दाङमा सबै भन्दा पानी राम्रो लागेको बताएका छन् ।

सोमबार आफ्नै कार्यकक्षमा आँफु आएपछि तुलसीपुर क्षेत्रमा घटेका प्रमुख घटना र गरेका काम कारबाहीका बारेमा प्रमुख कार्यहरुका बारेमा जानकारी दिने उदेश्यले उनले पत्रकार सम्मेलनको आयोजना गरेका थिए ।


आँफु आएपछिका प्रमुख घटनाक्रम र सम्पादन गरेका कार्यहरुको फेहरिस्त प्रस्तुत गरि सकेपछि डिएसपी पोख्रेललाई पत्रकारले तपाँईलाई दाङमा सबै भन्दा बढी मन परेको कुरा के हो ? भनेर सोधेका थिए ।

त्यसको प्रतिउत्तरमा डिएसपी पोख्रेलले आँफुलाई दाङमा आँफुलाई सबै भन्दा बढी पानी मन परेको बताएका थिए ।
‘ दाङको पानी मलाई साह्रै राम्रो लाग्यो, यहाँको पानी खाएर कहिलै धित मरेन,’ उनले भने ‘ दाङको पानी र काठमाडौंको पानी मलाई फरक लागेन ।’

त्यस्तै बर्ष दिनमा तपाँइलाई दाङको के कुरा मन परेन ? भनेर पत्रकारले प्रश्न गरेका थिए । त्यसको जबाफपनि डिएसपी ठाकुरले सहज रुपमा दिएका थिए ।


‘अरु सबै ठिकै छ अपराधका घटना अघिल्लो बर्ष भन्दा ५० भन्दा बढीले बृद्ध भएको छ । मलाई के लाग्यो भने यहाँ कसैले अञ्जानमै कोही संग ठोक्कियो भनेपनि क्षमायाचना दिने भन्दा बदलाको भावना बढी पाए । मेरो बिचारमा यो समस्या समाधान गर्न सामाजिक न्याय स्थापना गर्न अली बढी लाग्नु पर्छ जस्तो फिल भयो,’ उनले भने ।

समाज थप सहिष्णु हुनु सिक्नु पर्ने र सामाजिक न्याय स्थापनामा थप पहल गर्न जरुरी रहेको उनले औंल्याए ।

डिएसपी पोख्रेल हालसम्म तुलसीपुरमा आएका सहज र शरल रुपमा चिया पसलदेखि हजाँपनि उपलब्ध हुने स्वभावका रहेको जानकारहरु बताउँछन् । डिएसपी पोख्रेलको अब सरुवा हुने समयाबधि आएको छ ।

प्रकाशित मिति : २०८१ साउन २१ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *