२०८३ कार्तिक २३ गते आइतवार

ब्यापारीको मृत्यु पछि अबरुद्ध राजमार्ग खुल्यो

दाङ, साउन १५ । दाङको भालुवाङमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु पछि स्थानीयले अवरुद्ध गरेको पूर्व पश्चिम राजमार्ग सूचारु भएको छ ।

स्थानीय एक ब्यापारीको मृत्यु पछि स्थानीयले अवरुद्ध गरेको राजमार्ग दिउँसो तीन बजेबाट सुचारु भएको जिल्ला प्रहरी प्रबक्ता डिएसपी रामप्रशाद तिमल्सिनाले बताए ।

राप्ती गाउँपालिका – १ भालुवाङ पुल्चोकमा फलफूलको व्यापार गर्दै आएका ५० वर्षीय लोकप्रकाश भट्टराईलाई बाटो काट्ने क्रममा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको सुपप्र ०१–००१ ख २७७९ नम्बरको ट्रकले ठक्कर घटना मंगलबार बिहान ८ बजेर २५ मिनेट तिर ठक्कर दिदा घटनास्थलमै मृत्यु भएको थियो ।

त्यस लगतैदेखि आक्रोसित स्थानीयले पूर्व–पश्चिम राजमार्ग अन्तरगत भालुवाङमा सडकमै शब राखेर अवरोध सृजना गरेका थिए ।

सडक खण्ड अवरुद्ध भएपछि प्रहरीले भालुवाङ–लमही सडक अन्तरगतको सिसहनिया हुँदै बैकल्पिक मार्गबाट सवारी साधान चलाएको थियो । प्रहरीले साढे सवा १ बजेतिर मृतकको शब सडकबाट उठाएर पोष्टमार्टमका लागि लमही अस्पताल पु¥याएको थियो ।


ट्रक ब्यबसायीको तर्फबाट जिल्लामा उपलब्ध ट्रकका पदाधिकारी र पीडित पक्ष बीचमा छलफल पछि दिउँसो तीन बजेपछि सडक खण्ड खुलेको हो ।
स्रोतका अनुसार मृतकका आफन्तलाई आठ लाख दिने सहमति भएको छ । पीडित पक्षले मनपरी बार्गेनिङ बढाउँदै क्षतिपुर्ती बाफत चर्कौ रकम माग दाबी गरेको हुँदा सडक खण्ड खुलाउन बिलम्ब भएको एक प्रहरी अधिकारीले बताए ।


सवारी दुर्घटना पछि मृतकका आफन्तले पैशाको बार्गेनिङ गर्ने खराब प्रबृति देखिएको प्रहरी अिधकारीहरु बताउँछन् ।

बैतडी जिल्लाको जौगडा केदार गाउँपालिका – ५ का चालक ३३ बर्षीय रामसिंह ऐरी र ट्रक अर्घाखाँची जिल्लाको अस्थायी प्रहरी पोष्ट सातामाराको नियन्त्रणमा छन् ।

प्रकाशित मिति : २०८१ साउन १५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *