२०८१ भाद्र २३ गते आइतवार

दंगीशरणमा जग्गा बिबाद र बाटो निकासका उजुरी धेरै

प्रमोद आचार्य, दंगीशरण साउन १५ । दंगीशरण गाउँपालिकाले बितेको आर्थिक बर्षको न्यायिक समितिको प्रतिबेदन सार्वजनिक गरेको छ । आर्थिक बर्ष २०८० ÷ ०८१ मा परेका उजुरी, फछ्र्यौट भएका मुद्दाका संख्या, छलफलको प्रक्रियामा रहेका मुद्दाको संख्या , पुनरावेदनमा गएका संख्या र खारेज गरिएका मुद्दाको संख्यासहितको प्रतिवेदन मंगलबार सार्वजनिक गरेको हो ।

न्यायिक समितिकी सयोजक दंगीशरण गाउँपालिका उपाध्यक्ष पीमा वली खड्काका अनुसार बितेको आर्थिक बर्षमा इज्जत आदर अनुसार खान लाउन नदिएको, ज्याला मजदुरी, वाटो निकास, जग्गा बिवाद, गाली बेइज्जती र पति पत्नी बीचका बिबाद लगायतका शिर्षकमा न्यायिक समितिमा बढी उजुरी परेको थिए ।

जस अनुसार इज्जत आदर अनुसार खान लाउन नदिएको शिर्षकमा अघिल्लो आर्थिक बर्षको जिम्मेवारीमा रहेका तीन उजुरी, बितेको आर्थिक बर्ष २०८० ÷ ८१ मा दर्ता भएका थप चार वटा उजुरी, फछ्र्यौट मध्य दुई वटा किनारा लगाइएको छ । छलफल प्रक्रियामा चार वटा रहेको र एउटा मुद्दा पुनरावेदनमा पठाइएको सयोजक खड्काले बताइन ।

ज्याला मजदुरीमा अघिल्लो आर्थिक बर्षको जिम्मेवारीमा रहेका चार वटा उजुरी थिए । बितेको आर्थिक वर्ष २०८० ÷० ८१ मा यो शिर्षकमा एउटा पनि मुद्दा परेनन् । ती मध्य एउटा फछ्र्याट भएको, छलफलको प्रक्रियामा तीन वटा रहेको खड्काले जानकारी दिइन ।

त्यस्तै बाटो निकास तर्फ अघिल्लो आर्थिक बर्षको जिम्मेवारीमा रहेका दुई वटा, आर्थिक बर्ष २०८० ÷ ०८१ मा दर्ता भएका थप तीन वटा मुद्दा थिए । ती मध्य दुई वटा फर्छयौट भएको अन्य छलफल प्रक्रियामा रहेको तथा एउटा पुनरावेदनमा पठाइएको छ ।

जग्गा विबाद तर्फ अघिल्लो आर्थिक बर्षको जिम्मेवारीमा तीन वटा थिए भने बितेको आर्थिक बर्ष २०८० ÷ ०८१ मा पाँच वटा दर्ता भएका थिए । ती मध्य चार वटा फर्छयौट भएका छन् भने एउटा वटा छलफलको प्रकृयामा रहेको तथा थप एउटा पुनरावेदनको लागि पठाइएको न्यायिक समिति संयोजक खड्काले जानकारी दिइन ।

त्यस्तै गाली बेइज्जती तर्फ आर्थिक बर्ष २०८० ÷ ८१ मा एउटा उजुरी दर्ता भएको थियो । त्यो फर्छयौट भइ सकेको छ ।

अन्यतर्फ अघिल्लो बर्षको जिम्मेवारीमा रहेको एउटा, बितेको आर्थिक बर्ष २०८० ÷ ०८१ मा दर्ता भएका दुई वटा, पुनरावेदनमा गएको दुई वटा र एउटा खारेज भएको सार्वजनिक प्रतिवेदनमा उल्लेख छ ।

समग्रमा आर्थिक बर्ष २०८० ÷८१ मा १५ वटा मुद्दा दर्ता भएका थिए । त्यस्तै त्यो भन्दा अघिल्लो आर्थिक बर्षको जिम्मेवारीमा रहेका १३ वटा मुद्दा गरी कुल २८ वटा मुद्दा थिए । ती मध्य जम्मा दश वटा मुद्दा फछ्र्यौ भएका हुन । त्यस्तै थप आठ वटा छलफलको प्रक्रियामा रहेका, पाँच वटा पुनरावेदनमा गएका र दुई वटा खारेज गरिएको न्यायिक समिति सयोजक गाउँपालिका उपाध्यक्ष पीमा वली खड्काले बताइन ।

धेरै जसो उजुरी जग्गा विबाद र बाटो निकासमा परेको उनले जानकारी दिइन । न्यायिक समितिमा परेको उजुरीहरुलाई सकेसम्म पालिकामै मिलाउने गरेको र नसकेका उजुरीहरुलाई मात्र पुनरावेदन गर्ने गरेको खड्काले जानकारी दिइन । न्याय सम्पादनलाई सरल र सहज बनाउन इजलास कक्ष संचालनमा ल्यायको उपाध्यक्ष खड्काले बताइन ।

प्रकाशित मिति : २०८१ साउन १५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *