२०८३ भाद्र ११ गते बिहिवार

लोकतन्त्र माथि नै प्रश्न उठ्न थालेपछि नयाँ गठबन्धन – शंकर पोख्रेल

घोराही, साउन १५ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले लोकतन्त्रको स्थायित्वका लागि एमाले र नेपाली काँग्रेस बीच सत्ता सहकार्य भएको बताएका छन ।

प्रेस चौतारी दाङले मंगलबार घोराहीमा गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले राजनीतिक अस्थिरताका कारण लोकतन्त्र माथि नै प्रश्न उठ्न थालेको हुँदा लोकतन्त्रलाई बलियो बनाउन एमाले र काँग्रेस मिल्नुपरेको दाबी गरे ।

राजनीतिक अस्थिरताले अहिलेको शासकीय व्यवस्था माथि नै अविश्वास पैदा हुदैँ गएको उनले बताए ।
त्यसको अन्त्य गर्न संबिधान संशोधन गर्न आवश्यक रहेको बताए । संविधान संशोधनका लागि एक्लै नसकिने भएकाले काँग्रेसको साथ खोज्नु परेको उनले बताएका थिए ।

राष्ट्रिय दल बन्न तीन प्रतिशत मात्रै थ्रेसहोल्ड मत आवश्यक पर्ने संबैधानिक व्यवस्था भएकाले राजनीतिक अस्थिरता बढेको भन्दै थ्रेसहोल्डको प्रतिशत बढाउन संबिधान संशोधन गरिने बताए ।

सरकार बनाउँदा साना दलले गर्ने बार्गेनिङका कारण सरकार अस्थिर हुने बताउँदै पोखरेलले त्यसको अन्त्य गर्ने अभियानमा एमाले हिडेको बताएका थिए ।

प्रकाशित मिति : २०८१ साउन १५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *