२०८१ भाद्र २६ गते बुधवार

अमेरिकामा रुकुमका दीपकको हत्याको खबरले शोकमा डुब्यो सेजे गाउँ

दाङ, साउन १४ । एक नेपाली युवकको अमेरिकामा लुटेरा समुहले गोली हानी हत्या गरेको छ ।
रुकुम पश्चिमका जिल्लाको बाफिकोट गाउँपालिका – १० सेजेका ३० बर्षीय दीपक वलीको आइतबार बिहान करिब ५ बजेतिर अमेरिकाको टेक्सासको ग्यास स्टेसनमा काम गरि रहेको समयमा बन्दुक धारी लुटेरा समुहको गोली प्रहार गरि हत्या भएको थियो ।


राप्ती समाज अमेरिकाका अध्यक्ष सुरेश हमालले गोली लागेर वलीको घटनास्थलमै मृत्यु भएको जानकारी दिएका छन् ।

बाफिकोट – १० का वडाध्यक्ष हरिबहादुर चन्दले पनि अमेरिकामा दीपकको हत्याको खबरले घर परिवार र गाउँ शोकमा डुबेको बताए ।

दीपकका माइला बुवा ४० बर्षीय खिमबहादुर वलीका अनुसार सोमबार बिहान २ बजेतिर अमेरिका बस्दै आएका गाउँकै बिवेक वलीले दीपकको हत्या बारे सूचना दिएको बताए ।
सूचना पाए लगतैदेखि घर परिवारमा रुवाबासी चल्दै आएको उनले बताए । हत्या गरेका दीपक तल्लोबाटो हुँदै झन्डै ८० लाख खर्चेर गत बर्ष साउनमा मात्रै अमेरिका पुगेको परिवार जनले बताएका छन् ।


टेक्सासमा बस्दै आएका नेपालीले गोली हानेर हत्या गरिएका दीपकको पोष्टमार्टमको काम चलिरहेको जानकारी दिएका छन् ।
दीपककी श्रीमति र ५ बर्षीया छोरी छन् । छोरी पढाउन भनेर दीपककी श्रीमति तुलसीपुरमै बस्दै आएकी थिइन ।

प्रकाशित मिति : २०८१ साउन १४ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *