२०८१ भाद्र २५ गते मङ्गलवार

गाँजा बैधानिकताको मागगर्दै आमरण अनशन

दाङ, साउन १४ । गाँजा बैधानिक हुनुपर्ने मागसहित दुई युवाले काठमाडौंमा आमरण अनशन सुरु गरेका छन् ।
नेपाल गाँजा बैधानिक महाअभियानका संयोजक अनुबन्ध प्रधान र नेपाल फार्म ब्यबसायी संघका अध्यक्ष ऋगेन्द्र गिरीले आमरण अनशन सुरु गरेका हुन ।

सर्वौच्च अदालतको आदेशले अग्राधिकार पाएको सार्वजनिक सरोकारको गाँजा सम्बन्धी मुद्दाको सुनुवाई हुनुपर्ने तथा तत्काल फैसलाको लागि दबाव सृजना गर्नु उनीहरुको उदेश्य रहेको छ ।


एक जना अभियान्ता रबिन्स डाँगीले गाँजा बैधानिक हुनुपर्ने मागसहित आमरण अनशन सुरु गरेको माग पुरा नहुँदासम्म अनशन जारी रहने बताए ।
सोमबार दिउँसोदेखि काठमाडौंस्थित जय वागेश्वरी मन्दिर डबली परशरमा दुई युवाले आमरण अनशन सुरु गरेका हुन ।

प्रकाशित मिति : २०८१ साउन १४ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *