काठमाडौं,साउन, १३ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले समाजलाई अगाडि बढाउन नीतिगत नेतृत्व आवश्यक हुने बताएका छन् ।
संसदका दुई ठुला पार्टी नेकपा (एमाले) र नेपाली कांग्रेस एकथान सरकार बनाउने उद्देश्यले मात्र समझदारीमा पुगेको नभई देशलाई अगाडि बढाउने सन्दर्भमा नीतिगत नेतृत्व हुनुपर्छ भन्ने मान्यताका साथ नयाँ समझदारीमा पुगेको उनले बताए ।
एमाले ललितपुर जिल्ला कमिटीले गरेको प्रशिक्षण कार्यक्रममा महासचिव पोखरेलले नीतिगत नेतृत्व गर्ने कुरामा साना दलले बाधा पु¥याएको बताएका थिए ।
उनले समाज अगाडि बढाउने सन्दर्भमा देखिएका र अनुभव गरिएका संवैधानिक तथा कानुनी अफ्ठ्यारा हटाउन संविधान र कानुन संशोधन समेत गर्ने सहमति गरिएको स्पष्ट पारे ।
महासचिव पोखरेलले पार्टीको दशौं राष्ट्रिय महाधिवेशनको राजनीतिक कार्यदिशा र जनताको बहुदलीय जनवाद (जबज) को औचित्य समाप्त भयो भन्नु गलत भएको दाबी गरे ।
मार्गदर्शक सिद्धान्तका रूपमा रहेको जबजले राजनीतिक क्रान्तिपछिको बाटो पनि स्पष्ट रूपमा देखाइदिएको उनले बताएका थिए ।
महासचिव पोखरेलले उत्पादक शक्ति जति शक्तिशाली बनाउन सकियो त्यति छिटो समाजवाद आउने बताएका थिए ।
समाजवादमा पुग्नु अघि पुरानो समाज व्यवस्था÷उत्पादन सम्बन्धका अवशेष पूर्णरूपमा अन्त्य र बदलिएको उत्पादन सम्बन्धलाई बलियो बनाउँदै योजनाबद्ध ढङ्गले समाजवादका आधार तयार गर्नुपर्ने कुरालाई जबजले प्राथमिकता तोकेरै भनेको उनको जोड थियो ।
