तुलसीपुर, साउन १२ । तुलसीपुरमा शनिबार दिउँसो दुई मोटरसाइकल आपसमा ठोक्किदा बाबु छोरासहित तीन जना घाइते भएका छन् ।
घाइते हुनेमा तुलसीपुर उपमहानगरपलिका – ९ का २२ बर्षीय संगित चौधरी र सल्यानको कालीमाटी गाउँपालिका – ३ का ३३ बर्षीय हर्कबहादुर वली र उनका १० बर्षीय छोरा डिम्पल वली रहेका छन् ।
चौधरीलाई दुबै हात खुट्टामा चोट पटक छ भने वलीलाई दुबै हात खुट्टा र निधारमा चोट छ । उनीहरु दुबैको अवस्था मध्यम रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक प्रकाश थापाले बताए ।
त्यस्तै वलीका छोरा दश बर्षे बालक डिम्पल बजारिएर भित्री चोट रहेपनि अवस्था भने सामान्ने रहेको प्रहरीले जानकारी दिएको छ । घाइते सबैको तुलसीपुरमै उपचार भइ रहेको छ ।
शनिवार दिउँसो पौने २ बजेतिर तुलसीपुर – ८ चमेरेखोला नजिक दुई मोटरसाइकल आपसमा ठोक्किएका थिए ।
तुलसीपुरबाट पश्चिम तर्फ जाँदै गरेको चौधरीले हाँकेको रा ६ प १०१४ नम्बरको मोटरसाइकल र पश्चिम बाट तुलसीपुर तर्फ आउँदै गरेको वलीले चलाएको रा ५ प १९३९ नम्बरका मोटरसाइकल आपसमा ठोक्किएका थिए ।
दुर्घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । दुबै मोटरसाइकल प्रहरी नियन्त्रणमा छन् ।