२०८३ असार २७ गते शनिवार

राप्ती प्रादेशिक अस्पतालमा पहिलो पटक लिफ्ट जडान हुँदै

तुलसीपुर, साउन १० । तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा लिफ्ट जडानको काम भइ रहेको छ । यो भन्दा पहिले अस्पतालमा लिफ्टको सुबिधा थिएन । पहिलो पटक अस्पतालमा लिफ्ट जडान गर्न थालिएको हो ।


लिफ्ट जडाको काम पुरा भए अशक्त र गम्भीर अवस्थाका बिरामीलाई अस्पतालका बिभिन्न चेकजाँच कक्षसम्म पुग्न सहज हुने छ ।
लिफ्ट निर्माणको काम पुरा भइ सञ्चालनमा आएका सेवाग्राहीका साथै अस्पतालका चिकित्सक तथा अन्य कर्मचारीलाई अवात जावात गर्न थप सुबिधा हुने छ ।

अस्पताल भवनको माथिल्लो तला थप्दा खेरी नै लिफ्टसहितको संरचना बनाउने सहमति अनुसार नै काम भइ रहेको हो ।

अस्पतालको माथिल्लो तला निर्माणको काम टेन्डर मार्फत भएको हो । सहरी बिकास तथा भवन विकास कार्यालय दाङ मार्फत काम भएको थियो ।

अस्पतालको माथिल्लो तला निर्माणको काम पुरा भइ सकेको हुँदा अहिले लिफ्ट निर्माणको काम भइ रहेको अस्पतालका प्रशासन शाखा प्रमुख रेश्मी अधिकारीले बताए ।


लिफ्ट सञ्चालनमा ल्याउनका लागि अर्कौ एउटा नयाँ र केही ठूलो जेनेटर भने खरिद गर्नु पर्ने हुन्छ । त्यसो भएमा बिजुली बत्ती नभएको समयमा जेनेटरको मद्दतले लिफ्ट सञ्चालन गर्न सहज हुने अस्पताल प्रशासनका कर्मचारीहरु बताउँछन् ।


अहिलेको जेनेटर कम क्षमताको भएको हुँदा त्यस्ले बिजुली बत्ती नहुँदा लिफ्ट सञ्चालन गर्न नसक्ने हुँदा नयाँ जेनेटर खरिद गर्नु पर्ने जरुरी पर्ने सरोकारवालाहरु बताउँछन् ।

प्रकाशित मिति : २०८१ साउन १० गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *