२०८३ भाद्र ११ गते बिहिवार

बलात्कार आरोपमा दुई जना पक्राउ, एक जना फरार

दाङ, साउन ८ । सल्यानमा सुतिरहेकी महिलालाई तानेर बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । एक जना फरार छन् ।

पक्राउ पर्नेमा बनगाड कुपिण्डे नगरपालिका – १ देवस्थलका २१ बर्षीय बर्षीय वशन्त बुढा र जाजरकोट जिल्लाको जुनीचाँदी गाउँपालिका – ८ घर भइ हाल सल्यान देवस्थलमै बस्दै आएका २४ बर्षीय मानबहादुर रावत पक्राउ परेका छन् ।

उनीहरुलाई प्रहरीले साउन २ गते सल्लीबजारबाट पक्राउ गरेको थियो । अर्का एक जना आरोपित भने फरार छन् । उनको खोजी कार्य तीब्र रुपमा भइ रहेको सल्यानका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक रेशमबहादुर खत्रीले बताए ।
तीन जना मिलेर माइती घरमा नाबालक छोरासंगै सुतिरहेकी एक २३ बर्षीया महिलालाई असार ३१ गते राति १२ बजेतिर ढोकामा हानेर खोल्न लगाइ बलजफती कोठामा प्रबेश गरि लछार पछार गर्दै बार्दलीमा ल्याइ सामुहकि रुपमा छाति लगाएत बिभिन्न संबेदनसिल अंगमा समाइ करणी उद्योग गरेका थिए ।

त्यसपछि फरार रहेका ब्यक्तिले बार्दलीबाट घिसार्दै सौचालय नजिक पु¥याइ खाली जमिनमा बलात्कार गरेको पीडित महिलाले जाहेरीमा उल्लेख गरेकी छन् ।

प्रहरी प्रबक्ता खत्रीका अनुसार पीडित महिला श्रीमान संगको खटपट पछि नाबालक छोरासहित माइती घरमा बस्दै आएकी थिइन । उनका माइती घरका अभिभावकपनि रोजगारीको सिलशिलामा छिमेकी देश भारतमा बस्दै आएको हुँदा उनीहरु आमा छोरा मात्रै बस्दै आएका थिए ।

आँफुमाथि भएको घटनाबारे पीडित महिलाले साउन १ गते जिल्ला प्रहरी कार्यालय सल्यान खलंगामा पुगेर तीन जना बिरुद्ध किटानी जाहेरी दिएकी थिइन । त्यसपछि दोस्रो दिन प्रहरीले दुई जनालाई
सल्लीबजार नजिकबाट पक्राउ गरेको थियो । पक्राउ परेकाहरुका बिरुद्ध अदालतबाट म्याद थप भइ घटना अनुसन्धान भइ रहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०८१ साउन ८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *