तुलसीपुर, साउन ८ । लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेपाली काँग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले काग्रेसका प्रदेशसभा सदस्य अनुराग खडकासंग आँफुलाई जोडेर प्रकाशन गरिएको समाचार भ्रमपूर्ण रहेको बताएका छन् ।
पूर्व मुख्यमन्त्री चौधरीको सचिवालयले मंगलबार एक बक्तब्य सार्वजनिक गर्दै त्यो कुरा बताएका छन् ।
केही दिन पहिले मात्रै एक सञ्चार माध्यमले काँग्रेसका स्वर्गिय नेता खुमबहादुर खड्का छोरा प्रदेशसभा सदस्य अनुरागलाई मन्त्री हुन बाट रोक्नका लागि पूर्व मुख्यमन्त्री चौधरीले दौडधुप गरि रहेको भन्ने आशयको समाचार प्रकासित गरेको थियो ।
त्यो समाचार कपोकल्पित र भ्रमपूर्णं रहेको चौधरीले बताएका छन् ।
प्रकासित समाचार कपोकल्पित, तथ्यहीन र चरित्र हत्या गर्ने कुत्सित मनसायबाट आएको उनले बताएका छन् ।
समाजलाई गलत रुपमा सन्देश प्रवाह गरिरहेको तथा समाचारमा भनिए जस्तो आँफुहरुका बीचमा पारिवारिक, राजनीतिक, सामाजिक कुनै पनि बेमेल नरहेको चौधरीले स्पष्ट पार्न खोजेका छन् ।
स्वर्गीय नेता खड्कालाई राजनीतिक तथा सामाजिकारुपमा आदर सम्मान गर्ने व्यक्तिमा राख्दै आएको दल नेता चौधरीले उल्ेलख गरेका छन् ।
सरकार बनाउने, मन्त्री बनाउने विषय पार्टी र संसदीय दलको कुरा भएको भन्दै उनले प्रदेश सभा सदस्यहरु सबै जना मन्त्रीका योग्य रहेको पनि उल्लेख गरेका छन् ।
संसदीय दल भित्रको छलफलबाट नै सरकारमा सहभागिता र जिम्मेवारी तोकिने हुदा गलत आसयले गलत सन्देश नदिन उनले आग्रह गरेका छन् ।