२०८२ जेष्ठ ११ गते शुक्रवार

साढे ५ केजी अफिमसहित ट्रक चालक पक्राउ

दाङ , साउन ८ । साढे ५ केजी अफिमसहित ट्रक चालक पक्राउ परेका छन् ।

ट्रकमा राखेर चामलको बोरा भित्र लुकाएर लैजाँदै गरेको प्रतिबन्धित लागु औषध अफिमसहित ट्रक चालक पक्राउ परेका हुन ।

पक्राउ पर्नेमा सल्यान जिल्लाको कुमाख गाउँपालिका – ५ का ३२ बर्षीय मदनप्रकाश गिरी छन् । उनलाई रुकुम पश्चिम प्रहरीले पक्राउ गरेको हो ।

साउन ५ गते राति ९ बजेतिर रुकुम पश्चिमको आठबिसकोट नगरपालिका – १४ छेपारीस्थित भेरी करीडोर सडक खण्डबाट उनी पक्राउ परेका थिए ।


गिरीले नै चालएको र गोतामकोटदेखि बाँकेको नेपालगञ्ज तर्फ जाँदै गरेको भे १ क १७८० नम्बरको ट्रक आशंका लागेर चेकजाँच गर्ने त्रममा उनी पक्राउ परेका थिए ।

ट्रकको सहचालक बस्ने सिटको मुनी चामलको बोरा भित्र तीन वटा प्लाष्टिकमा लुकाइ छिपाई लैजान लागेको लागुऔषध अफिम फेला परेको थियो । फेला परेको अफिम तौल गर्दा ५ केजी ५४५ ग्राम रहेको रुकुम पश्चिमका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक बखतबहादुर शाहीले बताए ।


जिल्ला अदालतले सोमबार गिरीलाई दश दिन हिरासतमा राखेर घटना अनुसन्धान गर्न म्याद दिएको प्रहरी प्रबक्ता शाहीले जानकारी दिए ।

प्रकाशित मिति : २०८१ साउन ८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *