२०८१ भाद्र २८ गते शुक्रवार

रोल्पा चक्कु प्रहार घटना –आठ जना पक्राउ

दाङ, साउन ६ । कपिलबस्तु जिल्लाको बाणगंगा नगरपालिका – २ घर भई रोल्पाको रोल्पा नगरपालिका – ४ खाद्यटोलमा ग्यारेज संचालन गर्दै आएका २९ बर्षीय शनि भनिने सुनिल पुनको चक्कु प्रहार गरि हत्या घटनाम आठ जना पक्राउ परेका छन् ।


गएराति दुई समुहको बिबादले उग्ररुप लिदा भएको चक्कु प्रहार बाट गम्भिर घाइते पुनको जिल्ला अस्पताल रेउघामा उपचारका क्रममा मृत्यु भएको थियो ।

थप दुई जना घाइते भएका थिए । घाइते हुनेमा दाङको राप्ती गाउँपालिका – १ पाखापानी घर भइ रोल्पा – ४ खाद्यटोलमा नेपाल अटो वर्कशप संचालन गर्दै आएका ३३ बर्षीय कृष्णबहादुर अधिकारी र रोल्पालको थवाङ गाउँपालिका घर भइ हाल रोल्पा – ४ खाद्यटोलमा बस्दै आएका १६ बर्षीय अनिल पुन मगर रहेका छन् ।

अधिकारीको बाँया हातको बुढी औंलामा घाउ खत छ भने मगरको ओठ र टाउकोमा चोट छ । उनीहरुको अवस्था सामान्ने रहेको प्रहरीले जानकारी दिएको छ ।

यो घटनामा संलग्न रहेको आरोपमा रोल्पा नगरपालिका – ९ का २८ बर्षीय मदन रोका मगरसहित आठ जना पक्राउ परेका छन् । प्रहरीले पक्राउ परेका अन्य सात जनाको नाम भने सार्वजनिक गरेको छैन ।

जिल्ला प्रहरी प्रमुख डिसएसपी भरत लामाले आपसमा मिल्ने साथीहरुका बीचमा मदिरा सेवन पछि बिबाद उत्पन्न भइ चक्कु प्रहार भएको बताए ।

मृतक पुनले नै मदिरा सेवन पछि आफ्नै मिल्ने साथी भाइलाई तथा नाम गाली गलौज गर्दा बिबाद सुरु भएको र त्यसले उग्र रुप लिएपछि चक्कु प्रहारको घटना भएको खुल्न आएको बताए ।

घटनाबारे थप अनुसन्धान भइ रहेको प्रहरीले बताएको छ

प्रकाशित मिति : २०८१ साउन ६ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *