तुलसीपुर, साउन ६ । नेपाली काँग्रेसका संस्थापक नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री बिश्वेश्वरप्रशाद कोईरालाको ४२औं स्मृति दिवशका अवशरमा तुलसीपुरमा आइतबार वृक्षा रोपन गरिएको छ ।
तुलसीपुर उपमहानगरपालिका – ५ बसपार्कको माछापुच्छ«े टोलमा काँग्रेसका नेता कार्यकर्ता बिभिन्न जातका एक सय बोट विरुवा रोपेका छन् ।
नेपाली राजनीतिक रुपान्तरणका साथै विपीले समाज रुपान्तरणमा साहित्यका माध्यमवाट खेलेको भूमिका अद्धतिय मान्ने गरिन्छ ।
गुलमोहर, कपुर, कल्की , निम, पारिजात लगाएतका एक सय बोट विरुवा रोपिएको तुलसीपुर –५ का वडाध्यक्ष नबीन बुढाथोकीले फरककोणलाई बताए ।
बृक्षा रोपन कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य गहेन्द्र गिरी, पूर्व जिल्ला सभापति घनश्याम रेग्मी, महाधिबेशन प्रतिनिधिहरु बिमल रिजाल, सुष्मा गिरी, ऋषिराज लहरे (अरुण), तुलसीपुरका नगर सभापति सुरेश हमाल, नेपाल तरुण दल दाङका अध्यक्ष टीकाराम घर्ती मगर लगाएतका नेता कार्यकर्ता सहभागी थिए ।
आइतबार बिहान वृक्षा रोपन कार्य गर्नु पूर्व काँग्रेस केन्द्रीय सदस्य गिरीले तुलसीपुरस्थित विपीको शालिकमा मार्यापन गरेका थिए ।
ती विरुवा तुलसीपुर – ५ का वडा कार्यालयले ६ हजार पाँच सयमा खरिद गरेको थियो । वडाध्यक्ष बीरेन्द्रकुमार शाहले रोपेका विरुवाको संरक्षणका लागि तारबारसमेत गरिने बताए । त्यसका लागि तारबार खरिदका लागि डेढ लाखको वडा कार्यालयले खर्चिएको जानकारी आँफुलाई दिएको काँग्रेस – ५ का वडासभापति नवीन बुढाथोकीले फरककोणलाई जानकारी दिए ।
को हुन विपी
विपी नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री हुन । २०१५ सालमा बहुदलीय व्यवस्थामा आधारित संसदको निर्वाचनमा विराटनगरबाट विजयी बनेका विपी २०१६ साल असार १६ गतेदेखि २०१७ साल पौष १ गतेसम्म नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री बनेका थिए ।
जस्ले प्रजातन्त्रको स्थापनाका लागि आजीवन संघर्ष गरेका थिए । विपीले त्यो संघर्षका दौरान बर्षौं जेल बस्नु परेको थियो ।
विपीको विक्रम संबत २०३९ साल साउन ६ गते निधन भएको थियो । सोही दिनलाई काँग्रेसले प्रत्येक वर्ष स्मृति दिवसका रूपमा मनाउँदै आएको छ ।
विपीको नेपाली साहित्यमा पनि महत्वपूर्ण योगदान छ । उनका दर्जनौं कीर्तिहरु प्रकासित छन् । जस्ले आफ्ना अधिकाँस कीर्तिहरु कारागार भित्रै लेखेका थिए ।
तीन घुम्ती २०२५, नरेन्द्र दाइ २०२६, सुम्निमा २०२७, मोदीआइन २०३६, हिटलर र यहुदी २०४०, बाबु,आमा र छोरा २०४५ उनका चर्तित कीर्तिहरु हुन । विपीका उपन्यास र लोक कथापनि उत्तिकै चर्चित छन् ।
मेरो कथा २०४०, दोषी चश्मा २०३९ र श्वेत भैरवी २०३९ प्रकाशित छन । उनका अधिकाँस उपनयस यौन मनोविज्ञानमा आधारित छन् ।
तस्बिर – सौजन्ने – नबीन बुढाथोकी