तुलसीपुर , साउन ४ । दाङको तुलसीपुर क्षेत्रमा भएका छुट्टा छुट्टै मोटरसाइकल दुर्घटनामा परि चार जना घाइते भएका छन् ।
शुक्रबार बिहान ९ बजेतिर तुलसीपुर उपमहानगरपालिका – ६ स्याउली बजार बाट तुलसीपुर बजार तर्फ आउँदै गरेको रा ७ प ७८२ नम्बरको मोटरसाइकलबाट लड्न पुग्दा स्थानीय ४५ बर्षीया हिमाकुमारी महतरा घाइते भएकी छन् ।
पछाडी सवार उनी गुडीरहेको मोटरसाइकलको लडेकी थिइन । इलका प्रहरी कार्यालय तुलसीपुरका प्रबक्ता प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार उनलाई अनुहार र निधारमा चोट पटक लागेको छ । मध्यम अवस्थाकी घाइते महतराको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचार भइ रहेको प्रहरीले जनाएको छ ।
त्यस्तै दंगीशरण गाउँपालिका – ५ मिरौलीमा गएराति मोटरसाइकल दुर्घटना हुँदा तुलसीपुर – २ कमलगडीका २५ बर्षीय कमल चौधरी घाइते भएका छन् । चौधरीलाई अनुहार र टाउकोमा चोट लागेको छ । तुलसीपुरको प्रारम्भीक उपचार पछि थप उपचारका लागि नेपालगञ्जस्थित नर्सिङहोमका लागि रिफर गरिएको छ ।
मिरौलीबाट हेँकुली तर्फ जाँदै गरेको चौधरीले चलाएको रा ४ प २७३४ नम्बरको मोटरसाइकल गएराति झन्डै १ बजेतिर अनियन्त्रित भइ दुर्घटनामा परेको थियो । मोटरसाइकलमा दुई जना सवार रहेको भएपनि अर्काको अवस्था सामान्ने रहेको इप्रका तुलसीपुरका प्रबक्ता प्रकाश थापाले बताए ।