२०८३ कार्तिक २३ गते आइतवार

गुम्बा क्षेत्रमा उछृङकल गतिबिधि बढे ,सुरक्षाको माग

तुलसीपुर, साउन २ । तुलसीपुर उपमहानगरपालिका – ९ र ३ को सीमानामा पर्ने गुम्बा क्षेत्रमा उछृङखल गतिबिधि बढेको भन्दै गुम्बा ब्यबस्थापन समितिले सुरक्षाको माग गरेको छ ।
गुम्बाका संस्थापक अध्यक्ष मोहनकुमार गुरुङले बुधबार गुम्बामा पत्रकार सम्मेलन गरि रातिको समयमा अपरिचित ब्यक्तिले तीन ठाउँमा तारबार काटेको बताए ।

तीन फरक फरक ठाउँमा झन्डै दुई अढाइ मिटरको तारजाली काटेर क्षति गरिएको अध्यक्ष गुरुङले बताए । गुम्बा भित्र अल्लारे किशोर किशोरीका अश्लिल गतिबिधि बढेको हुँदा ब्यबस्थापन समितिले निर्णय गरि पछिल्लो समय बिहान ६ बजेदेखि बलुका ६ बजेसम्म मात्रै गुम्बा भित्र प्रबेश गर्न पाउने नियम बनाएको छ ।
‘ यहाँ रातको समयमा अल्लारे किशोर किशोरी आउने उनीहरुले लागु औषधसमेत सेवन गर्ने हुँदा सुरक्षा चाहिएको हो,’ उनले भने ‘ त्यसको अशर स्थानीय किशोर किशोरीमा पर्न थालेको हुँदा चिन्ता गर्नु परेको हो ।’

यसअघि गत जेठ ३० गते गुम्बाको ढोका फोडेर भित्र प्रबेश गरि चोरले दानपेटीको पैंशा चोरेर लगेको थियो । त्यतिखेर चोरले दानपेटी फोडेर झन्डै ४० हजार बराबर रकम लगेको अनुमान अध्यक्ष गुरुङले गरे । घटनाबारे गुम्बा संचालक समितिले बेलुवास्थित वडा प्रहरी कार्यालयलाई सूचना दिएपनि हालसम्म चोरीमा संलग्न ब्यक्ति पक्राउ परि सकेका छैनन् । सोही दिन तुलसीपुरस्थित त्रिशिद्धेश्वरी मन्दिर, दुधेनाको कृष्ण मन्दिरबाट पनि दानपेटीका चोरी भएका थिए ।

पछिल्लो समय गुम्बा क्षेत्र भित्र प्रबेश गरि आँफुहरु ब्यबसायिक रुपमा फोटो खिचेर कमाउन पाउनु पर्छ भन्ने केही युवाहरुका कारणपनि केही समस्या आउन थालेको संचालक समितिहरु बताउँछन् । त्यस्तै ब्यक्तिगत स्वार्थ राख्ने एकाध केही स्वार्थी जमातले गुम्बाको बारेमा अफबाफ फैलाउने धार्मिक तथा पर्यटकीय क्षेत्रको बदनाम गर्ने गरि सामाजिक संजालहरुमा पोष्टहरु राख्न थालेको प्रतिपनि संचालक समितिका अध्यक्ष गुरुङले रोष प्रकट गरे ।

यहाँको गुम्बा जेठ १० गते बुद्धजयन्तिको अबशरमा नेपाली काँग्रेसका नेता तथा यसअघिका लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले गरेका थिए । यहाँको गुम्बा निर्माणको लागि काँग्रेस सांसद चौधरीको पहलमा लुम्बिनी सरकारबाट झन्डै पौने करोड र तुलसीपुर उपमहानगरपालिकाको झन्डै २५ लाख खर्च भएको थियो ।

सालका रुख बुरुवासहितको तुलसीपुर बजार स्पष्ट नियाल्न मिल्ने दमारगाउँको डाँडो क्षेत्रको करिब तीन हजार दुई सय २६ बर्गमिटर क्षेत्रफलमा तारबार गरिएको छ । बिगतदेखि नै गुम्बा संचालक समितिले यो जग्गा उपयोग गर्दैै आएको थियो । यो गुम्बाले तुलसीपुर क्षेत्रको एक सुन्दर पर्यटकीय क्षेत्रको पहिचान बनाउँदै गएको छ ।

प्रकाशित मिति : २०८१ साउन २ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *