दाङ, साउन २ । बाँकेमा नक्कली डिएसपी सक्कली डिएसपीले पक्राउ गरेको छन् ।
इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपीले मंगलबार दिउँसो कोहलपुर नगरपालिका – ११ बाट नक्कली डिएसपी पक्राउ गरेका हुन ।
दैलेख जिल्लाको दैलेख नगरपालिका – ५ का ३० बर्षीय नैंनसिंह बिकलाई प्रहरीले पक्राउ गरेको हो ।
बिकले आँफुलाई सिआइबीको प्रहरी भएको तथा राष्ट्रिय अनुसन्धानको डिएसपी नबीन शाही हुँ भन्दै सरकारी कार्यालयहरु बिगत तीन महिना यता अनुगमन गर्दै आएका थिए ।
बिगत तीन महिनादेखि बाँकेका बिभिन्न सरकारी कार्यालयहरु अनुगमनमा जाने, अनुगमन गर्नको लागि आँफु आएको खटाइएको बताउने, सरकारी कार्यालयका प्रमुख, कर्मचारी संग कुरा गर्ने तथा सर्वसाधारणलाई ठगी गर्ने गरेको कुरा खुलेको जिल्ला प्रहरी प्रबक्ता डिएसपी नारायण डाँगीले बताए ।
अनुगमनका नाममा कार्यालयहरुमा जाने त्यहाँको स्थिति बुझ्ने र सूचनाहरु संकलन गर्ने, चिया खाजा खाने जस्ता कार्यहरु बिकले बिगत तीन महिना यता गर्दै आएका थिए ।
बिकले कँही कतै कसैलाई ठगी गरेको भए जानकारी गराउन, सम्पर्क आउन आग्रह प्रहरीले गरेको छ ।