दाङ, असार ३० । रुकुम पूर्वमा श्रीमानले श्रीमतिको हत्या गरेका छन् ।
श्रीमतिको हत्या पछि श्रीमान नाबालक छोरा साथमा लगेर फरार रहेका छन् ।
जिल्लाको भूमे गाउँपालिका – ६ का २७ वर्षीय जीवन ओलीले २५ बर्षीया श्रीमति अप्सरा ओलीको खुकुरी प्रहार पछि ५ बर्षीय छोरा आयुससहित फरार छन् ।
घटना लगतै छोरा लगेर हिडेका जीवनको मोवाइल स्वीच अफ रहेपनि खोजी भइरहेको जिल्ला प्रहरी प्रमुख डिएसपी माधवप्रशाद पोखरेलले बताए ।
घटना बारे शुक्रबार राति ११ बजेतिर स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले घर भन्दा झन्डै तीन सय मिटर टाढा अप्सारको शब फेला पारेको थियो ।
उनीहरु घरमा एक्लै बस्दै आएका थिए । हत्यामा संलग्न जीवनको खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ ।
प्रकाशित मिति : २०८१ असार ३१ गते आइतवार