२०८१ भाद्र २३ गते आइतवार

नेपालगञ्जमा ४ हुण्डीकारोबारी साढे २४ लाख रकमसहित पक्राउ

दाङ, असार २९ । बाँकेको नेपालगञ्जबाट चार जना हुण्डीकारोबारी साढे २४ लाख बढी रकमसहित पक्राउ परेका छन् ।

गोप्य सूचनाका आधारका नेपालगञ्ज उपमहानगरपालिका – १२ बेलासपुरस्थित टिबी, फ्रिज मर्मत गर्ने पसलबाट उनीहरुलाई पक्राउ गरिएको बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले बताए ।

गोप्य सूचनाका आधारमा उनीहरुलाई सबैलाई शुक्रबार पक्राउ गरिएको थियो ।
पक्राउ पर्नेमा नेपालगञ्ज उपमहानगरपालिका – १८ का २९ बर्षीय राजु भुजु श्रेष्ठ, नेपालगञ्ज – ३ का २५ बर्षीय सोयव कादरी हलवाई, कोहलपुर नगरपालिका – ७ का २९ बर्षीय निमबहादुर बोहरा र कञ्चनपुरको भिमदत्त नगरपालिका – ७ घर घइ बाँकेको नेपालगञ्ज – ३ बस्ने ३० बर्षीय राहुल देवल रहेका छन् ।

स्थानीय ताराकुमारी बिसीको घरमा भाडामा संचालित नविल रेफ्रीजीरेटर एण्ड एयर कन्डिसन वर्कशपबाट उनीहरुलाई गोप्य सूचनाका आधारमा छापा हानेर प्रहरीले पक्राउ गरेको थियो ।

टिभी र फ्रिज मर्मत गर्ने पसलमा बिगतदेखि नै अबैध रुपमा हुण्डीकारोबार हुँदै आएको भन्ने स्थानीयको गोप्य सूचनाका आधारमा साधा पोशाकका प्रहरी छापा हान्न पुगेका थिए । त्यो पसलमा खान तलासी गर्दा बैंकमा पैंशा जम्मा गरेका भौचरहरु, हिसाव किताब राखेको कपी, नोट बोकसहित नगद २४ लाख ६२ हजार तीन सय १५ बरामद भएको जिल्ला प्रहरी प्रबक्ता डिएसपी नारायण डाँगीले बताए ।

बाँकेमा प्रहरी प्रमुखका रुपमा कार्की आएपछि पछिल्लो समय धमाधम हुण्डीकारोबारीहरु पक्राउ पर्न थालेका छन् । त्यसका साथै भन्सार छलिका सामाग्रीपनि उत्तिकै मात्रामा पक्राउ गरिएका छन् ।

प्रकाशित मिति : २०८१ असार ३० गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *