२०८१ भाद्र २६ गते बुधवार

जंगली च्याउ खाएका मध्य बुहारीको होस खुल्यो, ससुरा अझैं अचेत

तुलसीपुर, असार २९ । दाङको शान्तिनगरमा जंगलबाट ल्याएको च्याउ खाँदा ससुरा, बुहारीको स्वास्थ्य गम्भीर अवस्थामा छ ।


उपचार पछि शनिबार बिहानसम्म बुहारीको होस खुलेपनि ससुराको अवस्था भने अझैं अचेत छ ।

शान्तिनगर गाउँपालिका – २ अमुवाका २६ बर्षीया मिना न्यौंपानेले शुक्रबार बेलुका पौने ६ बजे स्थानीय जंगलबाट खोजेर ल्याएको च्याउ घरमा ल्याइ खाएका थिए । च्याउ खाएका मध्य बुहारी मिनाका साथै ४५ बर्षीय ससुरा ज्ञानु जैसी न्यौंपाने गम्भीर बिरामी परेका छन ।


उनीहरु दुबै ससुरा बुहारीलाई शुक्रबार बेलुका नै तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचारका लागि ल्याइएको थियो । त्यहाँ बाट उनीहरुलाई तुलसीपुरकै राप्ती लाइभ कियर हस्पिटलमा राखेर उपचार भइ रहेको छ ।

शनिबार बिहानसम्म बुहारीको होस खुलेपनि अझैं ससुराको अवस्था अचेत नै रहेको कुरा हस्पिटल प्रशासनले गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रबक्ता प्रहरी निरीक्षक प्रकाश थापाले बताए ।

प्रहरी प्रशासनले सार्वजनिक रुपमै आँफुले नचिनेको र जंगलबाट ल्याएको च्याउ नखान आग्रह गर्दै आएको छ । तर, दाङमा बर्षेनी जंगलबाट च्याउ ल्याइ खानेहरु मध्य केहीले ज्यान गुमाउँदै आएका छन् ।

प्रकाशित मिति : २०८१ असार ३० गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *