२०८३ असार २७ गते शनिवार

राजपुरमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रुको मृत्यु

तुलसीपुर, असार २८ । दाङको राजपुरमा मोटरसाइकको ठक्कर दिदा पैदल यात्रुको मृत्यु भएको छ । जिल्लाको राजपुर गाउँपालिका – ३ का अन्दाजी ५० बर्षीय रामजानकी अहिरको मोटरसाइकलले ठक्कर दिदा मृत्यु भएको छ ।

राजपुर –२ चङगुवावाट बेला तर्फ जाँदै गरेको लु ३० प ५४४४ नम्बरको मोटरसाइकलले पसलबाट खाने कुरा किनेर घर तर्फ जाँदै गरेका अहिरलाई राति पौने १० बजेतिर ठक्कर दिएको थियो ।

गम्भीर घाइते अहिरलाई राति पौने ११ बजेतिर लमही अस्पतालमा पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी प्रबक्ता डिएसपी जनकबहादुर मल्लले बताए । मोटरसाइकल चालक स्थानीय २३ बर्षीय सञ्तोष अहिर फरार छन् ।

मोटरसाइकलमा तीन जना सवार रहेको र तीनै जना फरार रहेको इलाका प्रहरी कार्यालय गढवाकी प्रमुख प्रहरी निरीक्षक कालिका कार्कीले बताइन । उनीहरुको खोजी भइ रहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०८१ असार २८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *