२०८१ असार ३१ गते आइतवार

लुम्बिनीमा बढी पहिरोबाट एक महिनामा २२ जनाको मृत्यु

दाङ, असार २७ । बाढी पहिरोका कारण एक महिनामा लुम्बिनी प्रदेशमा २२ जनाको मृत्यु भएको छ । जना घाइते भएका छन् । अघिल्लो हप्ताको बाढीले दाङका बिभिन्न स्थानमा ५ जनाको मृत्युको भएको छ । तुलसीपुरका दुइ र देउखुरी क्षेत्रमा तीन जनाको बाढीका कारण मृत्यु भएको छ ।

प्रहरी तथ्याङक अनुसार बितेको महिना दिनमा मुलुक भर ८३ जनाको मृत्यु भएको छ ।
नेपालको पूर्बी भागमा जेठ २८ गतेदेखि मनसुन भित्रियको थियो ।
देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी बुधबार दिउँसोसम्म ८३ जनाको मृत्यु भएको छ ।

बाढी, पहिरो लगायतका विपद्मा परी काठमाडौं उपत्यकामा १ जना, कोशी प्रदेशमा १९ जना, मधेश प्रदेशमा ३ जना, बागमती प्रदेशमा ४ जना, गण्डकी प्रदेशमा २३ जना, लुम्बिनी प्रदेशमा २२ जना, कर्णाली प्रदेशमा ४ जना र सुदूरपश्चिम प्रदेशमा ७ जना गरी हालसम्म ८३ जनाको मृत्यु भएको हो ।

साथै काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा ३१ जना, मधेश प्रदेशमा ७ जना, बागमती प्रदेशमा ४ जना, गण्डकी प्रदेशमा २६ जना, लुम्बिनी प्रदेशमा ९ जना, कर्णाली प्रदेशमा १५ जना र सुदूरपश्चिम प्रदेशमा ११ जना गरी जम्मा १ सय ६ जना घाइते भएका छन । कतिपय घाइतेहरूको उपचार जारी छ ।

बितेको एक महिनाको अबधिमा कोशी प्रदेशमा ४१ जना, गण्डकी प्रदेशमा १२ जना गरी ५३ जनाको उद्दार गरिएको छ । बाढी पहिरोमा परी कोशी प्रदेशमा २ जना, बागमती प्रदेशमा २ जना र सुदूरपश्चिम प्रदेशमा १ जना गरी ५ जना वेपत्ता रहेका छन् । वेपत्ताको खोजी कार्य जारी छ ।


बाढीको कारण बितेको महिना दिनमा १ सय ६१ घर डुबानमा परे । १ सय ४२ वटा घर, ५५ वटा गोठ, ४१ वटा पुल, १ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । ४ सय ११ वटा पशु चौपायको यो बीचमा मरेका छन् । यो अवधिमा विपद्का घटनाबाट २ हजार ९ सय ५४ घर परिवार विस्थापित भएको प्रहरी तथ्याङ्कमा उल्लेख छ ।

प्रकाशित मिति : २०८१ असार २८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *