२०८१ असार ३१ गते आइतवार

रोल्पामा ट्रक दुर्घटना – चालकको घटनास्थलमै मृत्यु

दाङ, असार २४ । रोल्पामा ट्रक दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । अर्का एक ८ बर्षीय बालक घाइते छन् ।

ट्रक चालक रोल्पाको रुन्टीगढी गाउँपालिका – ६ निगालपानीका ३२ बर्षीय महेष थापाको घटनास्थलमै मृत्यु भएको छ ।


रुन्टीगढीको स्यालास्थित सावडाँडादेखि डुब्रिङ हुँदै होलेरी जोड्ने भित्री सडक खण्डमा रा १ ख २१३९ नम्बरको मिनी ट्रक मध्य राति दुर्घटनामा परेको थियो ।

मध्यराति १२ बजेपछि दुर्घटना बारे खबर पाउनासाथ प्रहरी निरीक्षक देबीप्रशाद गैरेको नेतृत्वमा सात सदस्य प्रहरी टोली बिहान २ बजे घटनास्थल पुगेको थियो ।


प्रहरीका अनुसार उकालो बाटोमा गाडी मोड्न खोज्दा अचानक ब्याक हुन गइ ६५ मिटर तल खस्न पुगेको थियो ।
मृतकको शब गाडी फेला परेको ठाउँ भन्दा झन्डै ३ मिटर टाढा फेला परेको प्रहरीले जनाएको छ ।


सोही ट्रकको पछाडि सवार सोही वडाको स्यालाका ८ बर्षीय सुजन रावत घाइते छन् । उनको टाउको ढाडमा चोट रहेपनि अवस्था सामान्ने रहेको प्रहरीले बताएको छ । बालकको उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र होलेरी तर्फ पठाइएको छ ।

प्रकाशित मिति : २०८१ असार २७ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *