२०८१ असार ३१ गते आइतवार

राप्तीको बाढीले बगाएका दुबै पुरुषको शब फेला

दाङ, असार २३ । दाङ देउखुरीमा राप्ती नदीको बाढीले बगाउँदा बेपत्ता रहेका दुबै पुरुषहरुको शब फेला परेको छ ।
राजपुर गाउँपालिका – २ का १९ बर्षीय राजकुमार यादब र लमही नगरपालिका – ८ बग्रापुरस्थित नयाँ बस्तिका ६२ बर्षीय मनिराम चौधरीको शब आइतबार बिहान फेला परेको हो ।

चौधरीको शब बगाएको ठाउँ भन्दा पाँच सयम मिटर दक्षिण खेतमा र यादबको शब बगाएको ठाउँ भन्दा झन्डै डेढ सय मिटर दक्षिणमा फेला परेको जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीले बताए ।

शनिबार बिहान ११ बजेतिर बग्रापुर गएका चौधरीलाई राप्ती नदीमा आएको बाढीले दिउँसो साढे १२ बजेतिर बगाएको थियो ।


राजपुर गाउँपालिका – २ का १९ बर्षीय यादबपनि बिहान ८ बजेतिर लमही नगरपालिका – ७ हस्नापुर नजिकबाट राप्ती नदी तर्ने क्रममा बगेर बेपत्ता थिए । उनी राजपुरबाट लमही बजारमा दूध बेच्न आएका थिए । दूध बेचेर फर्किने क्रममा उनलाई बाढीले बगाएको थियो ।


राजपुरका अरु थप दुई जनाको भने उद्धार भएको थियो । उनीहरुले रुखमा चढेर गुहार मागेपछि सशस्त्र प्रहरी रबर बोटसहित पुगेर उनीहरुको उद्धार गरेको थियो । उनीहरु पनि दूध बेचेर घर तर्फ फर्किदै गरेकाहरु रहेको इलाका प्रहरी कार्याल अमेलियाका प्रमुख प्रहरी निरीक्षक लालबहादुर श्रेष्ठले बताए ।

त्यस्तै शनिबार नै जिल्लाकै राजपुर गाउँपालिका – ५ सालभांैडीस्थित गंगदी खोलामा आएको बाढीले ट्रयाक्टर बगाउँदा स्थानीय छेदुराम चौधरीको मृत्यु भएको थियो । खोलामा आएको बाढी कम भएपछि दिउँसो ट्रयाक्टर निकाल्ने क्रममा चौधरीको शब ट्याक्टरले च्यापिएको अवस्थामा फेला परेको थियो ।

त्यसअघि उनलाई बाढीले बगाएको आशंकामा खोजी गरिएको थियो । खोलाको बाढीले ट्याक्टर बगाउँदा थप दुइ युवा सामान्ने घाइते भएका थिए ।

प्रकाशित मिति : २०८१ असार २४ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *