अर्घाखाँची,असार २२ । वर्षासँगै आएको पहिराले गोरुसिङ्गे सन्धिखर्क सडकखण्ड अवरुद्ध भएको छ ।
सन्धिखर्क–६ दहखोला र बहोखरमा पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रतीतसिंह राठोरले जानकारी दिए। उनका अनुसार पहिरो पन्छाउने कार्य भइरहेको छ ।
घुम्तीदेखि पत्थरकोटसम्मको बाटो एकतर्फी खोलिएको प्रहरीले जनाएको छ । लगातारको वर्षाका कारण थप पहिरो जान सक्ने जोखिम कायमै रहेकोले सतर्क रहन प्रहरीले अनुरोधसमेत गरेका छ ।
सो सडक अवरुद्ध भएकाले फुद्बांगबाट बलेबांग हुँदै पाली र पालीबाट घुम्ती गएर यात्रा गर्न प्रहरीले आग्रह गरेको छ ।
प्रकाशित मिति : २०८१ असार २३ गते शनिवार