२०८३ कार्तिक २३ गते आइतवार

डाँका समाउँदा स्थानीयद्धारा प्रतिकार, प्रहरीको गोली लागेर दुइ जना घाइते

दाङ, असार २० । बाँकेमा एक जना डाँका चोरी मुद्दाका फरार प्रतिबादीलाई पक्राउ गरेपछि स्थानीय प्रहरीमाथि जाइलागेका छन् ।


त्यसक्रममा प्रहरीले गोली चलाउँदा दुइ जना घाइते भएका छन् । स्थानीयको आक्रमण बाट एक जना प्रहरीपनि घाइते भएका छन् ।

जिल्लाको डुडुवा गाउँपालिका – ६ शिखनपुरुवाका डाँका चोरी मुद्दाका फरार प्रतिबादी सरमानसिंह सरदारलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
जिल्ला प्रहरी कार्यालय बाँके र इलाका प्रहरी कार्यालय हिरमिनियाबाट खटिएको टोलीले सरदारलाई बिहीबार बिहान साढे ८ बजेतिर नियन्त्रणमा लिएको थियो ।

बाँके जिल्ला अदालतले ११ बर्ष पहिले २०७० ÷ ०३ ÷ १८ गते डाँका चोरी मुद्दामा दोषी ठहर गर्दै ६ बर्ष कैद र १२००० जरिवाना तोकेको थियो ।

फरार प्रतिबादी सरदारलाई नियन्त्रणमा लिइ प्रहरी कार्यालय तर्फ ल्याउने क्रममा स्थानीयले अबरोध गरि ढुँगामुडासहित आक्रमण गरि सरदारलाई प्रहरीको नियन्त्रणबाट खोसेर आफ्नो कब्जामा लिएका थिए ।
त्यसपछि प्रहरीले स्थितीलाई नियन्त्रणमा लिन जबाफी कारबाही गरेको थियो । फरार प्रतिबादी सरदारलाई नियन्त्रणमा लिन प्रहरीले तीन राउन्ड गोली प्रहार गर्नु परेको जिल्ला प्रहरी प्रबक्ता डिएसपी नारायण डाँगीले बताए ।

त्यसक्रममा प्रहरीको हतिरयार खोस्ने र प्रहरुी माथि नै जाइ लाग्ने डुडुवा गाउँपालिका – ६ शिखनपुरुवाका ३० बर्षीय नानकसिंह शिखको दायाँ खुट्टाको साँप्रामा गोली लागेको डिएसपी डाँगीले जानकारी दिए ।
त्यस्तै फरार प्रतिबादी सरदारलाई पुनः स्थानीय बाट नियन्त्रणमा लिने क्रममा जबाफी कारबाही गर्दा उनको पनि दाहिने घुँडा नेर एक राउण्ड गोली लागेको छ ।


त्यसक्रममा इप्रका हिरिमिनियाका प्रहरी बरिष्ठ हवल्दार मदन डाँगीको टाउको र बायाँ हातमा चोट पटक लागेको डिएसपी डाँगीले बताएका छन् ।
गोली लागेका दुबै जना र घाइते प्रहरी बरिष्ठ हवल्दार डाँगीको पनि भेरी अस्पताल नेपालगंज बाँकेमा उपचार जारी रहेको पनि प्रहरीले बताएको छ ।


साथै स्थानीले फरार प्रतिबादी सरदारलाई आधा घन्टाजति प्रहरीबाट खोसेर आँफुहरु संग राखेको भएपनि बिहान ९ बजेपछि प्रहरीले पुनः गोली चलाएर उनलाई पक्राउ गर्न सफल भएको डिएसपी डाँगीले बताएका छन् ।

जिल्ला प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले फरार प्रतिबादीलाई निन्त्रणमा लिन खोज्दा दादा गिरी सैलीमा स्थानीय ढुँगा मुडामा उत्रिएको बताए ।
‘ त्यो ठाउँमा अझैं त्यस्तो गलत सोच हाबी छ,’ उनले भने ‘ अली बिकट ठाउँ भएको हुँदापनि सीमित केही ब्यक्तिले कानुन मिच्न खोज्दा रहेछन् ।’

प्रहरी माथि जाइ लाग्ने र प्रतिकारमा उत्रनेहरुलाई पनि कानुनी कारबाही हुने एसपी कार्कीले बताए ।

प्रकाशित मिति : २०८१ असार २० गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *