प्रमोद आचार्य , दंगीशरण, असार २० । दंगीशरण गाउँपालिका पूर्ण संस्थागत प्रसुती सेवायुक्त घोषणा हुने दाङ कै पहिलो स्थानियतह भएको छ ।
‘सुरक्षीत मातृत्व ,हामी सवैको दायित्व, स्वास्थ्य संस्थामा हुने सुत्केरी, दिगो बनाऔं सधैभरी’ भन्ने मुल नाराकासाथ दंगीशरण गाउँपालिकालाइ पूर्ण सस्थागत प्रसुती सेवायुक्त पालिका घोषणा गरिएको छ ।
दंगीशरण गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा एक समारोहका बीच जिल्लाकै पहिलो पूर्ण संस्थागत प्रसुती सेवायुक्त गाउँपालिका घोषणा गरिएको हो ।
घोषणा कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अथिति जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माले जिल्लामै पहिलो स्थानीय तहको रुपमा दंगीशरण गाउँपालिका पहिलो आमा र शिशुलाइ स्वास्थ्य संरक्षणका लागि पुर्णरुपमा सस्थागत सुत्केरी हुनु खुसीको कुरा भएको बताए ।
नेपाल सरकारको दिगो विकाश लक्षमा समेत त्यसले सहयोग पुग्ने बिस्वास ब्यक्त गरे । कम उमेरमा बिहेगर्दा बाल मृत्यदर र मातृ मृत्युदर बढ्ने भएकाले बाल बिबाह न्यूनिकरणमा समेत ध्यान दिन प्रमुख शर्माले आग्रह गरे ।
सोही अवसरमा बोल्दै कार्यक्रमका अध्यक्ष गाउँपालिका अध्यक्ष शम्भु गिरीले जिल्लामै पहिलो स्थानीय तहका रुपमा दंगीशरण गाउँपालिकालाई पहिलो सस्थागत प्रसुती युक्त गाउँपालिका घोषणा गर्नमा अहम भूमिका निर्वाह गर्ने सम्पूर्ण स्वास्थ्यकर्मीहरु प्रती धन्यबाद ब्यक्त गरे ।
अध्यक्ष गिरीले गाउँपालिकामा स्वास्थ्यको क्षेत्रमा आफुहरुले नीति तथा कार्यक्रममै समेटेर कार्यक्रमहरु अगाडि बढाएको बताए ।
कार्यक्रमका बिशिष्ट अथिति स्वास्थ्य कार्यालय दाङका प्रमुख किशोर आचार्यले नवशिशु मृत्युदर घटाउन थुप्रै चुनौती रहेको र किशोरीहरु आमाहुने सुचक पनि घटाउन चुनौती रहेको बताए ।
कुनै पनि महिलाले गर्भ रहेकै कारण नवजात शिशु र आमाले ज्यान गुमाउन नपरोस भन्दै प्रोटोकल अनुसारको सुत्केरी सेवा पाउने अधिकार सुनिस्चित गर्नुपर्ने जोड दिए ।