२०८२ बैशाख ३० गते सोमवार

रास्वपाको बैठकमा महामन्त्री ढकालले मुखमा कालो टेप टाँसेर बिरोध जनाए


काठमाण्डौ,असार १९ । केन्द्रीय समितिको बैठकको प्रत्यक्ष प्रशारण नगरिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री डा. मुकुल ढकालले विरोध जनाएका छन् ।

आज बिहान पार्टी केन्द्रीय कार्यालय बालाजुमा बसेको बैठकको प्रत्यक्ष प्रशारण गर्न माग गर्नुभएका महामन्त्री ढकालको प्रस्तावलाई पार्टी सभापति रवि लामिछानेले अस्वीकृत गरेपछि विरोध जनाएका हुन् । उनले मुखमा कालो टेप टाँसेर साङ्केतिक विरोध जनाएका हुन् ।

बैठकमा पछिल्ला राजनीतिक, समसामयिक घटनाक्रमबारे छलफल जारी छ । साथै बैठकमा महामन्त्री ढकालले सभापति लामिछानेलाई बुझाएको प्रतिवेदनमाथि छलफल हुनेछ ।

प्रतिवेदनमा रास्वपाले अहिलेकै अवस्थालाई अंगालेर जाँदा पार्टीप्रतिको नागरिकको आकर्षण घट्दै जाने उल्लेख छ । पार्टीले नयाँ निर्णय गरेर जानुपर्ने सुझाव महामन्त्रीको प्रतिवेदनमा छ ।

प्रकाशित मिति : २०८१ असार २० गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *