२०८१ भाद्र २३ गते आइतवार

रोल्पा जिप दुर्घटनामा आमा छोरीसहित ७ जनाको मृत्यु

दाङ, असार १८ । रोल्पामा सोमबार बेलुकी भएको जिप दुर्घटनामा परि आमा छोरीसहित सात जनाको मृत्यु भएको छ ।

जिल्लाको माडी गाउँपालिका – ३ दवाङ्की ३० बर्षीया अमृता घर्ती , उनकी १८ महिनाकी छोरी, माडी – ३ तालबाङ्की ३३ बर्षीया जुनमाया खड्का, ५० बर्षीया कर्मा घर्ती मगर, ७७ बर्षीय खड्गबहादुर डाँगी, परिवर्तन गाउँपालिका – २ राङ्सीकी ३३ बर्षीया रामकली पुन र ७० बर्षीय झुपलाल डाँगीको मृत्यु भएको छ ।

दुर्घटनाका ६ घाइतेलाई भैरहवा लगाएत जिल्ला बाहिर थप उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक रोहितकुमार शाहीले जानकारी दिए ।
घाइते मध्य खगेन्द्र बाँठाको रोल्पामै उपचार जारी छ ।

त्यस्तै दिलकुमारी घर्ती मगर भने उपचार पछि डिष्चार्ज भइ सकेकी छन् । उनले जिप दुर्घटना हुँदा हाम फालेर ज्यान जोगाएकी थिइन । जिप दुर्घटनामा चालकसहित १५ घाइते भएका थिए ।

प्रहरीका अनुसार पहिरो झरेपछि चालकले जिप ब्याक गरेका थिए । त्यसपछि उनी ओर्लिएर ढुँगा राख्न (ओट) हाल्न भनेर पछाडि गएका थिए । त्यही समयमा फेरि जिप चिफ्लिएर खस्न थालेपछि चालक दौडिएर गाडीको स्टेरिङ समाप्न गएपनि उनीपनि गाडी संगै खसेका थिए ।


घर्तीगाउँबाट तालाबाङ तर्फ जाँदै गरेको लु १ ज ३२५२ नम्बरको जिप बेलुकी ६ बजेतिर माडी गाउँपालिका – ४ परेवा छहरा भन्ने स्थानमा दुर्घटनामा परेको थियो । जिप सडकदेखि झन्डै चार सय मिटर तल खसेको थियो ।

प्रकाशित मिति : २०८१ असार १९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *