दाङ, असार १७ । रोल्पाको सोमबार बेलुकी भएको जिप दुर्घटनामा दुइ जनाको मृत्यु भएको छ ।
अस्पतालमा पु¥याएका सात मध्य दुइ जनालाई चिकित्सकले मृत घोषणा गरेका छन् ।
मृतक मध्य एक जना झुपलाल डाँगी हुन भने अर्की महिलाको पहिचान खुलिनसकेको जिल्ला प्रहरी प्रमुख डिएसपी भरत लामाले बताए ।
अन्य घाइतेलाई घर्ती गाउँबाट जिल्ला अस्पताल रेउघा तर्पm ल्याइदै छ ।
गाउँपालिकाका अध्यक्ष अमरसिंह घर्ती मगरले पाँच जनाको घटनास्थलमै मृत्यु भएको जानकारी दिएका थिए ।
घर्तीगाउँबाट तालाबाङ तर्फ जाँदै गरेको लु १ ज ३२५२ नम्बरको जिप बेलुकी ६ बजेतिर माडी गाउँपालिका – ४ परेवा छहरा भन्ने स्थानमा जिप दुर्घटनामा परेको थियो ।
जिप सडकदेखि झन्डै चार सय मिटर तल खसेको जिल्ला प्रहरी प्रमुख भरत लामाले जानकारी दिएका थिए ।
जिप दुर्घटनामा पछि ११ जना गम्भीर घाइतेको उद्धार गरि अस्पताल तर्फ पठाइएको थियो ।
इलाका प्रहरी कार्यालय घर्ती गाउँका प्रहरी निरीक्षक कृष्ण सोनीले घाइतेहरुलाई उद्धार गरि अस्पताल पु¥याइएको बताए ।
रोल्पामा पानी परिरहेको हुँदा कच्ची र चिफ्लो बाटोको कारण जिप दुर्घनामा परेको प्रहरीको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक रोहितकुमार शाहीले जानकारी दिए ।