२०८१ भाद्र २३ गते आइतवार

रामबहादुर बमजनलाई १० बर्ष कैद सजायको फैसला

दाङ, असार १७। सर्लाही जिल्ला अदालतले रामबहादुर बमजनलाई १० वर्ष कैद सजाय सुनाएको छ।

बाल यौन दुरूपयोग मुद्दामा जिल्ला अदालतले बमजनलाई त्यस्तो सजाय सुनाएको हो ।
जिल्ला न्यायाधीश जिवनकुमार भण्डारीको इजलासले बमजलाई दोषी ठहर गर्दै सोमबार १० वर्ष कैद सजाय र बालिकालाई ५ लाख क्षतिपूर्ति दिलाउन फैसला सुनाएको हो।

रौतहटकी गंगामाया तामाङले चारवर्षअघि १४ वर्षकी हुँदा बमजनले आफूलाई बलात्कार गरेको भन्दै जाहेरी दिएकी थिइन । त्यसको आधारमा अनुसन्धान प्रतिबेदन तयार पारी प्रहरीले सरकारी वकिल कार्यालयमा बुझाएको थियो । त्यसैको आधारमा मुद्दा चलेको थियो ।

बमजनले आँफुलाई ‘लिटिल बुद्ध’ दाबी गर्दै आएका थिए ।
त्यही दाबीका साथ उनी सर्लाही, सिन्धुली, सिन्धुपाल्चोक, बारा लगाएतका विभिन्न जंगलभित्र आश्रम खोलेर बस्दै आएका थिए ।

प्रकाशित मिति : २०८१ असार १८ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *