दंगीशरण असार १६ । दंगीशरणमा ३ दिने न्यायिक समितिसग सरोकारवालाहरुको लागि कानुनि अभिमुखिकरण कार्यक्रम दंगीशरण गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ ।
शुक्रवारदेखि आइतबार सम्म चलेको कानुनि अभिमुखिकरणको आइतवार एक कार्यक्रमकाविच समापन गरीएको हो । कानुनको वारेमा सवै जना जानकार रहनुपर्ने बताए । मेलमिलापकर्ताहरुलाइ पनि न्यायिक सम्पादनमा जोड्नुपर्ने बताए ।
कानुनि अभिमुखिकरण समापन गर्दै गाउँपालिका अध्यक्ष शम्भु गिरीले दंगीशरण गाउँपालिकाका जनप्रतिनिधि,कर्मचारी,र मेलमिलापकर्ताहरुका लागि न्यायिक समितीवारे जानकारी गराउन कार्यक्रमको आयोजना गरीएको बताए ।
३ दिन सम्म चलेको अभिमुखिकरणले न्यायिक समिती र मेलमिलापकर्तालाइ न्याय सम्पादनमा सहज पुगेको बताए ।
सोहि अवसरमा गाउँपालिका उपाध्यक्ष पिमा वलि खड्काले कानुनको छुट कसैलाइ नहुने हुदा कानुनि बिज्ञताका वारेमा जानकार रहन आग्रह गरिन ।
स्थानिय तहमा मेलमिलापकर्ताहरु उजुरी प्रशासक तथा २ जना कार्यपालिका सदस्य सहितको न्यायिक समिती रहने हुदा न्याय सम्पादनको क्रममा आइपरेका समस्या तथा ब्यबधानहरुको सहजताका लागि कानुनि अभिमुखिकरण कार्यक्रमले सहयोग गरेको उल्लेख गरिन ।
मेलमिलापकर्ता र न्यायिक समितीबिच नङ र मासुको सम्बन्ध हुने बताइन ।
कार्यक्रममा सहभागी मेलमिलापकर्ता भरत वलिले
३ दिनको अभिमुखिकरणमा धेरै मह्त्वपुर्ण कुरा सिक्न पाएकोमा खुसि ब्यक्त गरे ।
कस्ता उजुरिहरुलाइ मेलमिलापकर्ता बाट र कस्ता उजुरीहरुलाइ न्यायिक समितीबाट फर्च्योट गर्न सकिन्छ भन्ने जस्ता आफुहरुलाइ थाहा नभएका कुराहरु जान्ने मौका पाएकोमा खुसि ब्यक्त गरे ।
समापन कार्यक्रम गाउँपालिका उपाध्यक्ष पिमा वलि खड्काको अध्यक्षता गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यतामा भएको थियो ।
समापन समारोहको सहजीकरण शिक्षा साखा सहायक उमा केसिले गरेकी थिइन ।
३ दिने अभिमुखिकरणको प्रशिक्षकमा उच्च सरकारी वकिल कार्यालय तुलसिपुरका सह न्याधिबक्ता मोहन सागर बस्याल रहेका थिए ।