२०८१ भाद्र २३ गते आइतवार

दंगीशरण गाउँपालिकामा ३ दिने कानुनि अभिमुखिकरण शुरु

दंगीशरण,असार १४ । दंगीशरण गाउँपालिकाको आयोजनामा न्यायीक समितिसग सरोकारवालाहरुको लागि कानुनि अभिमुखिकरण कार्यक्रम आजदेखि दंगीशरण गाउँपालिकाको सभाहलमा शुरु भएको छ ।

शुक्रवारदेखि १६ गतेसम्म चल्ने कानुनि अभिमुखिकरण आज एक कार्यक्रमकाविच उद्घाटन गरीएको हो ।

कानुनि अभिमुखिकरण उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष शम्भु गिरीले दंगीशरण गाउँपालिकाका जनप्रतिनिधि,कर्मचारी,र मेलमिलापकर्ताहरुका लागि न्यायिक समितीवारे जानकारी गराउन कार्यक्रमको आयोजना गरिएको बताए ।

३ दिन सम्म चल्ने अभिमुखिकरणले न्यायिक समिती र मेलमिलापकर्तालाइ न्याय सम्पदानमा सहज पुग्ने विस्वास ब्यक्त गरे ।

सोहि अवसरमा गाउँपालिका उपाध्यक्ष पिमा वलि खड्काले कानुनको छुट कसैलाइ नहुने हुदा कानुनि बिज्ञताका वारेमा जानकार रहन आग्रह गरे ।

स्थानिय तहमा मेलमिलापकर्ताहरु उजुरी प्रशासक तथा २ जना कार्यपालिका सदस्य सहितको न्यायिक समिती रहने हुदा न्याय सम्पादनको क्रममा आइपरेका समस्या तथा ब्यबधानहरुको सहजताका लागि कानुनि अभिमुखिकरण कार्यक्रमले सहयोग गर्ने अपेक्षा गरे ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृय डिलाराम पाण्डेको स्वागत मन्तब्यबाट शुरुभएको उद्घाटन कार्यक्रमको सहजीकरण शिक्षा साखा सहायक उमा केसिले गरेका थिए ।

३ दिने अभिमुखिकरणको प्रशिक्षकमा उच्च सरकारी वकिल कार्यालय तुलसीपुरका सह न्याधिबक्ता मोहन सागर बस्याल रहेका छन ।

प्रकाशित मिति : २०८१ असार १५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *