२०८१ भाद्र २३ गते आइतवार

करेन्ट लागेर एक महिलाको मृत्यु, तीन जना घाइते

दाङ, असार १३ । रुकुम पश्चिममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । थप तीन महिला घाइते भएका छन् ।

जिल्लाको मुसिकोट नगरपालिका वडा नं. ८ मा मकै गोड्ने क्रममा करेन्ट लागेर स्थानीय ६७ बर्षीया झुपादेबी रोकाको घटनास्थलमै मृत्यु भएको छ ।


स्थानीय ६० बर्षीया चुकी वली, ६० बर्षीया सुशीला वली र ३२ बर्षीया जमुना बुढा वली घाइते छन् । घाइतेहरुको जिल्ला अस्पताल सल्लेमा उपचार भइ रहेको छ । जिल्ला प्रहरी प्रबक्ता प्रहरी निरीक्षक ऋषी पाठकका अनुसार घाइतेहरुको अवस्था खतरा मुक्त रहेको छ ।

मृतक महिला बाउसेको रुपमा छिमेकीको बारीमा मकै गोड्न गएकी महिला हुन । बिहान सवा १० बजेतिर मकै बारीमा झरेको बिद्युतको तारले मकै गाड्दै गरेकी उनलाई करेन्ट लागेको थियो ।

पोलको दुइ तर्फ जडान गरेको मध्य एउटा तार भुइमा झरेको र त्यसैबाट उनलाई करेन्ट लागेको प्रहरी निरीक्षक पाठकले जानकारी दिए । घाइते तीन महिलाले करेन्ट लागेकी महिलालाई तान्न खोजेपछि उनीहरुलाई पनि करेन्ट लागेको थियो ।

करेन्टको झट्काले उनीहरुलाई हुत्याएको हुँदा थप तीन महिला जोगिएको प्रहरी प्रबक्ता पाठकले जानकारी दिए ।

प्रकाशित मिति : २०८१ असार १४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *