तुलसीपुर, असार १३ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ ले सुत्केरीलाई भाले र मान्छेको मृत्यु पछि उनका परिवारका सदस्यलाई घिउ दिने नीति अख्तियार गरेको छ ।
वडाका सुत्केरी महिला हरेकलाई एक हजार पाँच सय बराबरको भाले उपहार दिने नीति लिइएको छ ।
तर, २० बर्ष भन्दा कम उमेरका आमाहरु सुत्केरी भए त्यो उपहार नपाउने वडाध्यक्ष मानबहादुर रावतले जानकारी दिए ।
त्यस्तै मानिसको मृत्यु पछि मृतकका परिवारका सदस्यलाई वडा कार्यालयले एक केजी घिउ उपलब्ध गराउने भएको छ । जनप्रतिनिधि आँफै घरमा पुगेर ती सामाग्री उपलब्ध गराउने वडाध्यक्ष रावतले जानकारी दिए ।
वडा कार्यालय जनताको सबै भन्दा नजिकको सरकार भएकोले जनताको सुख दुःखमा उपस्थिती हुने नीति अन्तरगत सुत्केरीलाई भाले, मृत्यु संस्कार पछि घिउ दिने नीति अख्तियार गरेको वडाध्यक्ष रावतले जानकारी दिए ।
प्रकाशित मिति : २०८१ असार १४ गते बिहिवार