दाङ, असार १२ । राप्ती गाउँपालिकाले यो बर्षदेखि बधिया भाले (क्यापन) पालेका किसानलाई प्रति भाले एक सय रुपैंया अनुदान दिन थालेको छ ।
गाउँपालिकाको पशुसेवा कार्यक्रम सञ्चालन कार्यबिधि २०८० मा न्यूनतम पाँच वटा बधिया भाले पालेका किसानले अनुदान पाउने ब्यबस्था गरिएको छ ।
गाउँपालिकाले कार्यबिधि बनाइ सकेपछि गत बैशाख १० गते सार्वजनिक सूचना जारी गर्दै ३० दिन भित्र पशुसेवा शाखामा आँफुले पालेका बधिया भालेका तथ्याङ्कसहित निबेदन निबेदन दिन आग्रंह गरेको थियो । निबेदनमा किसानले बधियाको संख्या र भालेको उमेरपनि उल्लेख गर्नुर्पे नियम थियो ।
अनुदानका लागि फार्म दर्ता भए नबिकरणको प्रमाणपत्र वा दर्ता नभएकाहरुको हकमा सम्बन्धित वडाको सिफारिस मात्रै लिएर गए पुग्ने नियम बनाएको छ ।
गाउँपालिकाको स्वीकृत बार्षिक कार्यक्रम अन्तरगत साना किसानलाई लक्षित यो बर्ष बधिया भाले अनुदान अन्तरगत एक लाख बजेट बिनियोजन गरेको छ ।
बधिया भाले पर्बद्धन कार्यक्रम अन्तरगत प्रोत्ससाहन स्वरुप १२ जना किसानले पालेका तीन सय कुखुराका लागि अनुदान प्राप्त गरि सकेका छन् । ३० हजार रुपैंया गाउँपालिकाले बधिया भाले पाल्ने किसानको खातामा पठाइ सकेको छ ।
यो गाउँपालिकाले किसानलाई दूध उत्पादनमा आधारित अनुदान पनि प्रदान गर्दैै आएको छ । उस्ले एक लिटर दूधमा किसानलाई चार रुपैंया अनुदान दिदै आएको छ ।
त्यस्तै ब्यबसायिक तरकारी खेती गर्ने किसानलाई कृषी करार खेती कार्यान्वनमा ल्याएको छ । जग्गा नभएपनि जग्गा भाडामा लिइ ब्यबसायिक रुपमा तरकारी खेती गर्ने किसानलाई प्रति कठ्ठा पहिलो बर्ष दुईदेखि तीन हजार गाउँपालिका आँफैले बेहोर्ने गर्छ ।
दोस्रो बर्ष प्रति कठ्ठाको एक हजार र तेस्रो बर्ष २५ प्रतिसत रकम गाउँपालिका आँफैले किसानलाई प्रदान गर्ने गर्छ । गाउँपालिकाबाट गत बर्ष करार खेती अन्र्तगत १२ जना किसानलाई गाउँपालिपकाले भुक्तानी दिएको थियो भने यो बर्ष १६९ कठ्ठा क्षेत्रफलमा ब्यबसायिक तरकारी खेती गर्दै आएका आठ जना किसाललाई भुक्तानी प्रदान गरिएको छ ।
राप्ती गाउँपालिकाले क्षेत्रफलमा आधारित अनुदानपनि प्रदान गर्ने गरेको छ । तीन कठ्ठा भन्दा बढी क्षेत्रफलमा तरकारी खेती गरेका किसानलाई प्रति कठ्ठा एक हजार दुई सयका दरले क्षेत्रफलमा आधारित अनुदान प्रदान गर्दै आएका छन् । गत बर्ष एक सय दुइ जना र यो बर्ष ९७ जना किसान त्यस्तो अनुदान प्राप्त गरेका छन् ।