२०८१ असोज ४ गते शुक्रवार

नयाँ बजेटमा एकलौटीपना देखियो – दीपक गिरी

तुलसीपुर,असार १० । नेपाली काग्रेसका केन्द्रीय सदस्य तथा दाङ क्षेत्र नं. ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य दीपक गिरीले सरकारले ल्याएको नयाँ बजेटमा एकलौटीपना देखिएको बताएका छन् ।


रिपोर्टस क्लब दाङले सोमबार तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा गिरीले यसले जनतामा निरासा ल्याएको र काम गर्न गाह्रो भएको बताए ।

पूर्ब सिंचाइ मन्त्रीसमेत रहेका गिरीले पश्चिम दाङको बिकासका लागि आफू गम्भिर रुपमा लागेको बताए । उनले टरिगाउँ एयरपोर्टको लागि संघीय सरकारबाट छुटाइएको बजेट एकिन नभएको र सामाजिक संजालमा २० करोड बजेट छुट्टाएको भनी आएका कुराहरुमा कुनै सत्यता नभएको दाबी गरेका छन् ।

यो विषयमा आफुले अर्थमन्त्री र क्यान संग बजेट सुनिश्चित गरि एयरपोर्टको पूर्वाधार निर्माणका लागि छलफल गरिरहेको समेत गिरीले बताएका थिए ।

त्यस्तै उनले दाङको चारलेन सडक, राप्ती राजमार्ग बिस्तार, पश्चिम दाङका पुल निर्माण , सिंचाइ, सडक, अस्पताल लगाएत भौतिक पूर्बाधार बिकासका लागि आबस्यक बजेट यसपटक बिनियोजन नगरिएको भन्दै असन्तुष्टी जनाए ।


पश्चिम दाङको बिकास निर्माणका कामहरुलाई आम नागरिकले पनि अनुगमन,नियमन र खबरदारी गर्न जरुरी बताए ।


रिपोर्टस क्लब दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका यसअघिका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले आफ्नो कार्यकालमा बहुबर्षिय योजना अन्तरगत ९६ वटा बाटो बन्न लागेको बताएका थिए ।

उनले बिकासका काममा कन्जुस्याइँ नहुने र प्रदेशबाट दाङको लागि प्रसस्त बजेट बिनियोजन भएकोले सबै मिलेर बिकास निर्माणका लागि काम गर्नुपर्ने बताएका थिए ।


कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्ब सासद शंकर गिरीले नेपालको राजनीति अस्थिरमा रुमलिएको बताएका थिए ।
उनले आफू सासद हुँदा दाङको शितलपुर मन्दिर सहित २८ वटा मठ मन्दिरमा बजेट बिनियोजन गरेको र निर्माणको कामलाई अगाडि बढाएको बताए ।


यस्तै नेपाली काग्रेस दाङका सभापति शकरप्रशाकद डाँगीले जनताका आधारभुत चाहानालाई आत्मसात गरि अगाडि बढन आग्रह गरे । ब्यक्ती राम्रो होइन, असल हुनुपर्छ भन्ने बिपीको बिचारलाई पच्याउदै काग्रेस अघि बढन जरुरी जोड दिए ।

साक्षात्कार कार्यक्रमको सहजीकरण रिपोटर्स क्लब दाङका महासचिव बिमल गौतमले गरेका थिए ।

कार्यक्रममा तुलसीपुर उद्योग बाणिज्य सघका नबनिर्बाचित पदाधिकारीलाई स्वागत सम्मान समेत गरिएको थियो ।

प्रकाशित मिति : २०८१ असार ११ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *