तुलसीपुर, असार ८ । नेकपा एमालेका महासचिव शंकर पाखे्रेलले राजनीतिमा स्वतन्त्रको कुनै अर्थ नहुने बताएका छन् ।
शनिबार तुलसीपुर उपमहानगरपालिका – ११ मालेडाँडामा एमालेका स्वर्गिय नेता श्रीमणि आचार्यको शालिक अनावरण पछि सम्बोधन गर्दै महासचिव पोख्रेलले त्यस्तो बताएका हुन ।
कतिपयले अब पुराना पार्टीले गर्न सकेनन् बरु स्वतन्त्र भन्ने गरेको भन्दै उनले राजनीतिमा स्वतन्त्रको कुनै अर्थ नहुने र त्यसले समय मात्रै बर्बाद गर्ने गरेको बताएका थिए ।
‘राजनीतिमा स्वतन्त्रको कुनै अर्थ हुँदैन । त्यो समयलाई बर्बाद गर्ने कुरा मात्रै हो । अझ स्वतन्त्रका नाममा पार्टी अर्कौ बनाउनु झनै मजाकको कुरा हो,’ उनले भने ‘राजनीति सिधान्त आधारित, बिचार आधारित उदेश्य आधारित हुने हुन्छ भन्ने कुराको न्यूनतम ज्ञानपनि हुँदैन भने राजनीति नगर्दा हुन्छ ।’ अब नेपालमा धेरै राजनीतिक दल नभइ बलिया राजनीतिक दलहरुको खाँचो रहेको पाख्रेलले औंल्याएका थिए ।
भएका दलहरुलाई पाखा लगाएर नयाँ दल खोलेर नेपालको राजनीति सही बाटोमा नजाने उनको दाबी थियो । अमेरिकामा सयौं बर्षदेखि दुई वटा पार्टीका बीचमा प्रतिष्र्धा चल्दा अमेरिका अगाडि बढ्न सक्ने र संसदीय प्रजातन्त्रको जननी भन्ने बेलायतमा सयौं बर्षदेखि कन्जरभेटिब लेबर पार्टी भित्रै सुधारको ऐजण्डा बोकेर समाज अगाडि बढ्न सक्ने तर, नेपालमा किन नसक्ने भनेर प्रश्न गरेका थिए ।
काँग्रेसपनि भएन र एमालेपनि भएन भनेर नानाभाँतिका पार्टी खोल्ने कुरा भनेको देशलाई बर्बाद पार्ने तथा समाजलाई अलमल्याउने कुरा मात्रै भएको महासचिव पोख्रेलले बताए ।
राजनीति बुझेर मात्रै गर्नु पर्ने भन्दै उनले नेपालमा बलिदानीपूर्ण संघर्षको नेतृत्व गरेका राजनीतिक दल काम नलाग्ने भए भन्नु तर सामाजिक संजालमा सेलीब्रेटी भएकाहरुले राजनीति गर्न बित्तिकै त्यो सफल हुन्छ भन्नु मजाक हुने तर्क गरे ।
‘भारतिय फिल्म उद्योगमा अतेन्त्रै लोकप्रिय भएर महानायकहरु चुनाब लडेपछि ,अमिताभ बच्चन चुनाव लडेर जितेपछि उनले अर्कौ पटक चुनाब लड्दिन भनेर कान समाते र यो मेरो क्षेत्र होइन भनेका थिए,’ एमाले महासचिव पोख्रेलले भने ‘ फेरि कलाकारितामा फर्किए र आज उनी सफल कलाकारका रुपमा चिनिन्छन् । तर, हामी कहाँ के भएको हो ? एउटा क्षेत्रमा थोरै चर्चा पाउन के सुरु ग¥या हुँदैन त्यसपछि उस्ले राजनीतिका सपना देख्न थालिहाल्छ अनि राजनीतिलाई बिभाजित गरि हाल्छ ।’
राजनीति आँफैमा एउटा त्याग, तपस्या र बलिदानी बाट गुर्जीने चिज हो भनेर पनि हेक्का नराखीकन अर्कौ कुनै बिधामा प्राप्त गरेको सफलता कसरी राजनीतिको सफलता हुन सक्द छ ? त्यो किमार्थ हुन नसक्ने उनले बताए । राजनीति आफ्नै मूल्य मान्नेताको जगमा उभिएको हुन्छ भन्नेकुरालाई बुझ्न जरुरी रहेको उनको भनाइ थियो । ब्यबस्था परिवर्तमा भूमिका खेला ठूला राजनीतिक दलहरुका बिरुद्धमा अनाश्था पैदा गर्ने काम भइ रहेको र त्यो भनेको समाजलाई पछाडि धकल्ने काम मात्रै हुने बताए ।
त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य दीपक गिरीले मुलुक अहिले अप्ठेरो परिस्थितिमा रहेको भन्दै संविधानको मिस्रित प्रणालीमा केही सुधार आवश्यक रहेको बताउनु भयो ।
नेता गिरीले संविधान परिवर्तन गर्नका लागि र मुलुकमा राजनीतिक स्थायित्वका लागि प्रथभ र दोस्रो पार्टी मिल्न जरुरी जस्तै भइ सकेको बताउनु भएको थियो ।
शालिक अनावरण कार्यक्रमलाई दर्जन बढी काँग्रेस र एमालेका नेता तथा जनप्रतिनिधिहरुले सम्बोधन गरेका थिए ।