२०८१ असार ३१ गते आइतवार

रोकियका काम भए पुग्छ,बजेटमा दाङ प्राथमिकतामा परेन भन्ने चिन्ता गर्नुपर्दैन – शंकर पोख्रेल

टरिगाउँ एयरपोर्ट अब बन्छ

हस्नापुर, असार ८ ।नेकपा एमालेका महासचिव शंकर पोख्रेलले बजेटमा दाङ प्राथमिकतामा परेन भन्ने कुराहरु उठेको भएपनि रोकिएका आयोजनाको काम भए कुनै चिन्ता गर्नुपर्ने अवस्था नरहेको बताएका छन् ।

दाङमा हुने भनेर रोकिएका कामको पैंशाको कुरा गर्ने हो भने दाङमा बजेट परेन भनेर चिन्ता गर्नुपर्ने कुनै कारण नरहेको उनले बताएका हुन ।

भालुवाङदेखि शिवखोलासम्मको पूर्व पश्चिम राजमार्ग एमसिसी परियोजना अन्तरगत बन्ने हुँदा त्यो अर्बौंको योजना रहेको र त्यसलाई बजेटमा राखिरहन जरुरी नभएको उनले बताए ।

त्यस्तै उनले तुलसीपुरको हात्तीखौवादेखि घोराहीको कुइरेपानीसम्मको सडक चारलेनका रुपमा बनाउन प्रक्रिया सुरु भएको जानकारी दिए ।


‘पहिले यो सडक खण्ड कतै चार लेन र कतै दुइ लेनको थियो,’ उनले भने ‘ यसपाली पूर्ण रुपमा चार लेनको बनाउने गरि प्रक्रिया अगाडि बढेको छ ।’निर्धारण समय भन्दा धेरै लामो समयसम्म पनि काम नभएपछि उक्त सडक खण्डको ठेक्का सरकारले गत बर्ष रद्द गरेको थियो ।

त्यस्तै उनले अब दाङको तुलसीपुरस्थित टरिगाउँ एयरपोर्ट बन्नेमा आशंका नगर्न आग्रह गरे । उत्तर दक्षिणको झन्डै १५ सय मिटर धावन मार्ग बिस्तार गर्ने बारे छलफल भइ कुरा अगाडि बढेको पोख्रेलले बताए । ‘ अहिले पैंशा कति प¥यो परेन भन्ने बिषय होइन पैंशा त स्वभाबिक रुपमा नागरिक उड्यन प्राधिकरणले आफ्नो कोषबाट निर्माण गर्दछ,’ उनले भने ‘ नेपाल सरकारले त्यसलाई कार्यक्रमका रुपमा अगाडि बढाउने कुरा स्वीकार गरि सकेपछि अब काम हुन्छ ।’

त्यस्तै उनले हालसम्म मुलुकमा लुम्बिनी प्रदेश सरकारले मात्रै आफ्ना लागि आँफै भनव निर्माणको काम गरिरहेको बताएका छन् ।

लुम्बिनी प्रदेशका संस्थापक अध्यक्षसमेत रहेका पोख्रेलले कार्यालय भवन बनाएर मात्रै नपुग्ने बरु सुन्दर र ब्यबस्थित राजधानीको कल्पना गरेको हुँदा सोही अनुरुप काम हुनुपर्ने बताए । बिदेशी ऋण साहेता लिएर भएपनि राजधानी ब्यबस्थित बनाउन सकिन्छ भन्ने बिषयमा प्रधानमन्त्री र अर्थमन्त्री संग कुरा भएको संस्थापक मुख्यमन्त्री पोख्रेलले बताए ।


राजधानी बनाइ सकेपछि त्यसबाट हुने आम्दानीले ऋण तिर्न सकिने उनको तर्क थियो । राप्ती नदीमा आधुनिक तडबन्ध मात्रै गर्न सकेमा सात सय बिगाहा जमिन निक्लने र त्यो बेचेर राजधानी बनाउने सबै पैंशा राप्ती नदीको किनार बाटै प्राप्त हुने उनले विश्वास ब्यक्त गरे । राजधानी निर्माण गर्ने सवालमा पैंशा नभइ संकल्पन र पहल कदमीको समस्या प्रमुख समस्या भएको बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य दीपक गिरीले पनि सस्तो लोकप्रियता र प्रचार बाजीमा रमाउने केही नेताहरुले एयरपोर्टको काम नहुँदै अनावश्यक जस लिन खोज्नु आँफैमा मजाग भएको बताए ।

‘ शंकर पोख्रेल र म मिलेर जिल्लाको बिकासको लागि सल्लाह गर्ने छौं,’ उनले भने ‘ एरपोर्टका लागि बजेट नपर्दै पहिलै फेस बुकमा मैले बजेट पारे भनेर गरिने प्रचार बाजी हामीलाई चाहिएको छैन । ’


बिगतमा पनि काँग्रेस– एमाले मिलेरै जिल्लाका बिकास निर्माणका कामहरु गरेको भन्दै अबपनि त्यही अनुरुप अगाडि बढ्न जरुरी रहेको उनले बताएका थिए ।
कार्यक्रमलाई दर्जन बढी काँग्रेस र एमालेका नेता तथा जनप्रतिनिधिहरुले सम्बोधन गरेका थिए ।

प्रकाशित मिति : २०८१ असार ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *