तुलसीपुर,असार ८ । दाङका कम्युनिष्ट नेता श्रीमणि आचार्यको सालिक अनावरण गरिएको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा न ११ स्थित हस्नापुर (मालेडाँडामा) मा राखिएको आचार्यको सालिकको शनिबार एक कार्यक्रमका निच नेकपा एमालेका केन्द्रिय महासचिब शकर पोखरेल र नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभा सदस्य दीपक गिरीले अनावरण गरेका हुन ।
श्रीमणि आचार्य सालिक निर्माण समितिका अध्यक्ष घमण्ड बहादुर मल्लको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका महासचिव शकर पोखरेल,नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभा सदस्य दीपक गिरी,श्रीमणिकि धर्मपत्नी माया शर्मा आचार्य,पुर्ब सासद कृष्ण किशोर घिमिरे ,नेकपा एमालेका पोलिट ब्युरो सदस्य सुजिता साक्य ,संविधान सभा सदस्य बुद्धिराम भण्डारी ,लुम्बिनी प्रदेशका पुर्व सासद काग्रेस नेता शकर गिरी,अखिल नेपाल समन्वय समितिका सयोजक नारायण प्रसाद पौडेल,सासद बिस्नु पौडेल ,पुर्ब मन्त्री हिराचन्द्र केसी, नेकपा माओवादी केन्द्रका केन्द्रिय सल्लाहकार सेसुराम भण्डारी,तुलसीपुर उपमहानगरपालिकाका पुर्ब मेयर ढुणडिराज लामिछाने ,निर्बतमान मेयर घनस्याम पाण्डे,बर्तमान मेयर टीकाराम खडका,घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरी,एमाले नेता बलदेब आचार्य ,डम्बर वली ,नेता सोभाराम बस्नेत, राममणि नेपाली , छविलाल वली लगाएतले राजनीतिक,शैक्षिक र सामाजिक रुपमा श्रीमणिले गरेको योगदानको चर्चा गरेका थिए ।
श्रीमणि सालिक निर्माण सरक्षक एब तुलसीपुर- ११ का अध्यक्ष मान बहादुर रावतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सालिक निर्माण समितिका सचिब हरि वलीले गरेका थिए ।
स्व . आचार्यको १ करोड ५३ लाखमा सालिक निर्माण सम्पन्न भएको कार्यक्रममा जानकारी गराइएको थियो ।
त्यस अबसरमा सालिक निर्माणमा सहयोग पुर्याउने विभिन्न ब्यक्तिहरुलाई सम्मान पत्र प्रदान गरिएको थियो ।
