तुलसीपुर, असार ८ । अमेलिया–तुलसीपुर सडक खण्ड तीन दिन बन्द गरिएको छ ।
मर्मतका लागि राप्ती राजमार्ग अन्तरगतको अमेलिया – तुलसीपुर सडक खण्ड असार १० गतेसम्म पूर्ण रुपमा बन्द गरिने भएको छ ।
तुलसीपुर खण्डको भञ्याङदेखि सडकको स्तरउन्नती गरिएको हुँदा त्यो कालो पत्र गर्न शनिबारदेखि यातायात पूर्ण रुपमा बन्द गरिएका हुन ।
सडक खण्डमा सबै खाले सवारी साधन संचालनमा रोक लगाइएको छ ।
प्रकाशित मिति : २०८१ असार ८ गते शनिवार