२०८१ असार ३१ गते आइतवार

दंगीशरणमा सिकलसेल एनेमियाको रक्त नमुना संकलन

दंगीशरण असार ६ । दंगीशरणमा दुइ दिने सिकलसेल एनेमियाको रक्त नमुना संकलन तथा अभिमुखिकरण सुरु भएको छ ।

गाउँपालिका स्वास्थ्यसाखाको आयोजनामा विहिवार र शुक्रबार सिकलसेल एनेमियाको रक्त नमुना संकलन तथा अभिमुखिकरण कार्यक्रमको गाउँपालिका अध्यक्ष शम्भु गिरीले सुरु गरेका हुन ।

उद्घाटपनि सम्बोनधन गर्दै अध्यक्ष गिरीले दंगीशरण थारु जातीको बाहुल्यता भएकाले हरेक बर्ष सिकलसेल परीक्षणका लागी बजेट बिनियोजन गर्ने गरेको बताए ।

यस भन्दा पहिले पनि एक हजार बढीको रगतको नमुना संकलन गरीएको र धेरैमा पोजेटिभ देखिएको हुँदा दंगीशरणलाइ सिकलसेल मुक्त गाउँपालिकाको अभियानमा आफुहरु लागेको गिरीको जोड थियो । विवाह गुर्न भन्दा पहिलै सिकलसेल एनेमियाको अनिवार्य चेकजाँच गराउन जरुरी रहेको भन्दै त्यसले रोग नियन्त्रणमा सहयोग पुग्ने उनले बताए ।

सिकलसेल एनेमियाको रोगको औषधि निशुल्क पाइने ब्यबस्था हुदाहुदैपनि कतिपय नागरिकले प्राइभेट अस्पतालमा महंगो पैसा तिरी उपाचार नगराउन अध्यक्ष गिरीले आग्रहपनि गरेका थिए ।

कार्यक्रममा प्राथमिक स्वास्थ्यकेन्द्र बागरका डा. बिशाल कोइरालाले सिकलसेल एनेमिया बंशानुगत रोग भएकाले एसको रोकथामका लागि संक्रमण भएका महिला पुरुषबाट सन्तान जन्माउन नहुने स्पष्ट पारेका थिए ।

सिकेलसेलका बिरामीमा राता रक्तकोषको कमी भइ सरिरमा रगतको कमी हुने र स्वास फेर्न गाह्रो हुने जस्ता यसका लक्षणहरु देखापर्ने डा. कोइरालाले जानकारी दिए ।

विहिवार पहिलोदिन १० देखि २२ बर्षसम्म उमेर समुहका थारु समुदायका एक सय १६ जना ब्यक्तीको नमुना संकलन भएको छ । नमुना संकलन गरिएका ब्यक्तिको रिपोर्ट केही समयपछि उपलब्ध गराइने स्वास्थ्यसाखाले जनाएको छ । ाप्ती प्रादेशिक अस्पताल तुलसीपुर र स्वास्थ्य सस्था हेकुलीको ल्याव टिमले रक्त नमुना संकलन गरेको हो ।

प्रकाशित मिति : २०८१ असार ७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *