२०८१ असार ३१ गते आइतवार

उछिन्ने क्रमकमा मोटरसाइकल ट्रक संग ठोक्कियो – ३ जना घाइते

तुलसीपुर, असार ६ । तुलसीपुर – घोराही सडक खण्डको झिंगै चोकमा ओभरटेक गर्ने क्रममा मोटरसाइकल ट्रक संग ठोक्किदा तीन युवक घाइते भएका छन् ।

घाइते हुनेमा तुलसीपुर उपमहानगरपालिका – १६ का मोटरसाइकल चालक २३ बर्षीय शरद वली, पछाडि सवार तुलसीपुर – १७ झिनुवाका २२ बर्षीय दिनेश गिरी र पछाडि सवार तुलसीपुर – २ खैरीपुरका २४ बर्षीय साजन गिरी रहेका छन् ।

घाइते मध्य चालक वलीको अवस्था सामान्ने रहेको तथा पछाडि सवार अन्य दुई जनाको अवस्था भने मध्य रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक प्रकाश थापाले बताए ।
घाइतेहरुको तुलसीपुरमा उपचार भइ रहेको छ ।

तुलसीपुरबाट घोराही तर्फ जाँदै गरेको ना ६ ख ४९४२ नम्बरको ट्रकलाई तुलसीपुर – १७ झिंगै चोकमा उछिन्ने क्रममा सोही दिशा तर्फ जाँदै गरेको रा ४ प ५३६४ नम्बरको मोटरसाइकल ट्रकको दायाँ साइडमा ठोक्किएको प्रहरीले जानकारी दिएको छ ।

घटना बिहीबार दिउँसो सवा ३ बजेतिरको हो ।
ट्रक चालक सिन्धुपाल्चोक जिल्लाको भोटेकोसी गाउँपालिका – ४ का ४ का रामशरण पौडेल प्रहरी नियन्त्रणमा छन् ।

प्रकाशित मिति : २०८१ असार ७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *