तुलसीपुर, असार ५ । तुलसीपुर उपमहानगरपालिका – ७ श्रीगैंमा अटो र पिकअप भ्यान ठोक्किदा दुई जना घाइते भएका छन् ।
घाइते हुनेमा तुलसीपुर – ४ केराबारीकी २० बर्षीया कमला वली र सोही ठाउँका ६५ बर्षीय तारा सेन रहेका छन् ।
वलीको टाउको र हात खुट्टामा चोट छ भने सेनको दुबै हात खुट्टामा चोट छ । घाइते मध्य वलीको अबस्था मध्य र सेनको अवस्था सामान्ने रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिएका छन् ।
घाइते दुबैको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल उपचार भइरहेको छ ।
बुधबार दिउँसो सवा १ बजेतिर तरुलेबाट आउँदै गरेको रा १ ह ७२३७ नम्बरको अटो र बिपरित दिशा तर्फ जाँदै गरेको भे १ च ४५९२ नम्बरको पिक अप ठोक्किएका थिए ।
पिकअप चालक सल्यानको कपुरकोट –५ का २४ बर्षीय सुरेश बस्नेत प्रहरी नियन्त्रणमा छन् भने अटो चालक तुलसीपुर – ४ का ४० बर्षीय तेजेन्द्र डाँगी घाइतेको उपचारमा खटिएका छन् ।
केही दिन पहिले मात्रै श्रीगैं नजिकै बस र अटो दुर्घटनामा परेका थिए ।
